जापानमा ओसाकामा बाग्लुङ्गका कार्की सम्मानित

मेघराज रिष्मेली
जापान/ २०७७आश्विन ११ आईतबार-रोजगारको शिलशिलामा विगत झण्डै एक दशक पहिला देखि जापान आएका बाग्लुङ्ग गल्कोट नरेठाॅंटीका कमल बहादुर कार्की हिजो शनिवार सम्मानित भएका छन।

कार्कीले लामो समयदेखि ओसाकामा रेष्टुरेण्ट व्यावसाय गर्दै आएका छन। अहिले संसार भरि फैलिरहेको कोरोना भाइरस (COVID-19) कारण संक्रमण भएका बिरामीहरूलाई उपचारमा खटिएका डाक्टरहरूलाई प्रोत्साहन भत्ता स्वरूप ओसाका सरकारले चलाएको आर्थिक अभियानमा सहयोग स्वरूप केही रकम ओसाकाको स्थानिय सरकारलाई दिएको कारण ओसाकाका गर्भनर यासिमुरा हिरोमुखि सान (yashimura hirokhumi san) ले कार्कीलाई सम्मानपत्र दिइ सम्मान गरेको कार्कीले दिव्यदृष्टी अनलाईनलाई जानकारी दिए। यसरी सम्मानित हुनेमा विदेशीमध्ये कार्की पहिलो नेपाली हुन।
कार्कीले लामो समयदेखि जापानमा ईन्डियन नेपाली हिमालय रेष्टुरेण्ट र बाग्लुङ्ग बजारमा हिमालयन मोटरसाईकल वर्क सप सञ्चालन गर्दै आएका छन।
कार्की एक सफल व्यावसायी साजसेवी का साथै जापान नेपाली एकता समाज क्षेत्रीय समिती ओसाका का अध्यक्ष एंव केन्द्रीय समिती सदस्य पनि हुन।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →