काठमाडौँ, असोज १३ गते । सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टी जनाउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहले बिरोधपत्रमा हस्ताक्षर गरी पार्टी कार्यालयमा दर्ता गरेका छन्।
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र दीपक गिरिले सोमबार पार्टी कार्यालय पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत् २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गरेका हुन्।
पार्टीलाई विधिसम्मत सञ्चालन गरी १४ औं महाधिवेशन स्वच्छ तथा निष्पक्ष ढंगबाट गर्ने वातावरण बनाउनका लागि ध्यानाकर्षण गर्दै उनीहरूले हस्ताक्षर बुझाएका हुन्।
बिरोधपत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर छ।
उनीहरूले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने तर्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने पनि उल्लेख गरेका छन्। उनीहरूले विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा पनि खारेजीको माग गरेका छन्।
बिरोधपत्र