काठमाडौं यसरी कोरोनाको हटस्पट बन्दै, आज कहाँ कति संक्रमित थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ कोरोना संक्रमित थपिएका छन् ।

जसअनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

मंगलबार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ कोरोना संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ कोरोना संक्रमित थपिएका थिए ।

आइतबार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ गरी ८०९ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ कोरोना संक्रमित थपिएका थिए ।

त्यसैगरी देशभर नोभेल कोरोना भाइरसका थप एक हजार ५५९ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५५९ संक्रमित थपिएका हुन् । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या २० हजार ८९१ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ५७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५६ हजार ४२८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७२ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार २०५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १० लाख २१ हजार ५०३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ८७ जना र होम आइसोलेसनमा १० हजार ८०४ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ४२८ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३० कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २०१ जनालाई आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या ७७ हजार ८१७ पुगेको छ ।

शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर एक हजार ५७३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने ८८५ जना डिस्चार्ज भएका थिए । आइतबार नै देशभर १० जनाको मृत्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमित एक हजार ३५१ जना थपिएका छन् भने ७४२ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट देशभर ४ जनाको मृत्यु भएको थियो ।

मंगलबार देशभरबाट एक हजार ५१३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने ७३१ जना डिस्चार्ज भएका छन् । सोमबार कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको थियो ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मंगलबार कोरोना संक्रमणबाट १० जना र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९८ पुगेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →