संसदको बिशेष अधिबेशनको माग गर्दै कांग्रेसद्धारा देशब्यापी बिरोध प्रदर्शनको तयारी

काठमाडौं, असोज १५ गते । मुख्य बिपक्षी दल नेपाली कांग्रेसले कोरोना महामारीका बीच सरकारले एक्कासी स्थगित गरेको संसदको बिशेष अधिबेशनको माग गर्दै सरकारबिरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बुधबार बसेको संस्थापन पक्षीय नेताहरुको अनौपचारिक बैठकमा भएको प्रारम्भिक छलफलले त्यसबारे निर्णय लिन आगामी शनिबार पदाधिकारीको बैठक बोलाउने निर्णय गरेको छ।

शनिबार बिहान ९ बजे पदाधिकारी र पूर्ब पदाधिकारीको बैठक बोलाउने निर्णय गरिएको छ। सो बैठकमा मुख्यतः चारवटा एजेण्डामा छलफल हुने बताइएको छ। बैठकमा संस्थापन, बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षीय नेताहरु सहभागी हुनेछन्।

यहि असोज १९ गते बस्ने पार्टी केन्द्रीय कार्य समितिको बैठकमा पेश गरिने एजेण्डा, बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले पार्टी कार्यालयमा दर्ता गरेको बिरोधपत्र, संसदको बिशेष अधिवेशनको माग गर्ने र सरकारबिरुद्ध विरोध प्रदर्शन गर्ने बिषयमा छलफल बताइएको छ।

उपसभापति विमलेन्द्र निधिका अनुसार १९ गतेको बैठकमा सहभागी हुनका लागि केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण १५ गते हुने तथा १६ गते गान्धी जयन्तीमा कार्यक्रम आयोजना गर्न लागिएकोले पदाधिकारी र पूर्ब पदाधिकारीहरुको बैठक असोज १७ गतेका लागि बोलाइएको हो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →