भेरी अस्पतालमा उपचाररत काेराेना सङ्क्रमित चिकित्सकको निधन

नेपालगञ्ज, असोज १५ गते । बाँकेमा कोरोनाबाट कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ ।
बाँकेका प्रमुख जिल्ला

अधिकारी रामबहादुर कुरुमवांगका अनुसार कोरोना संक्रमितको उपचारमा खटिनुभएका भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको हो ।
प्रजिअ कुरुमवांगले संक्रमित भएपछि भेरी विशेष कोरोना अस्पतालमा उपचार भैरहेकोमा सापकोटाको मृत्यु भएको बताउनुभयो ।
डा. सापकोटासंगै बाँकेमा विहिबार एकै दिन तीन जनाको मृत्यु भएको छ । यसअघि विहीबार विहान नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत दुई जना संक्रमितको मृत्यु भएको थियो ।
विहान कोरोनाबाट निधन हुनेहरुमा नेपालगञ्ज उपमहानगरपालिका–४ का ५२ बर्षीय पुरुष र सुर्खेत भेरीगंगा नगरपालिका–८ का ७५ बर्षीया महिला रहनु भएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →