ढोरपाटनका बाढी पीडितलाई काँग्रेस बागलुङद्वारा जस्तापाता र नगद सहयोग

बागलुङ, 
गत भदौ १७ गते रातीको बाढीले प्रभावित बनेका जिल्लाको ढोरपाटनका बाढी पिडितलाई नेपाली काँग्रेस बागलुङले ४० लाख बराबरको राहत प्रदान गरेको छ ।
नेपाली काँग्रेस बागलुङ र विभिन्न भातृ एवं सुवेक्षुक संस्थाहरुको पहलमा संकलन राहत रकम र अस्थायी टहरा निर्माणका निम्ती जस्ता पाता बाढी प्रभावित क्षेत्र मै पुगेर पिडितलाई प्रदान गरिएको हो । बाढि पहिरोका कारण ज्यान गुमाएका, वेपत्ता, घरबास पूर्णरुपमा क्षती भएका, आंशिक क्षति भएका र घाइते व्यक्तिकाहरुका निम्ती काँग्रेसले नगद र आवश्यक खाद्यान्न सहयोग गरेको छ भने । घरबार विहिन भएकाहरुका लागि तत्काल अस्थायी टहरा निर्माण गर्नका निम्ती जस्ता पाता प्रदान गरेको छ ।
बाढी पहिरो पिडितलाई तत्काल राहत लिएर काँग्रेस क्षत्रीय सभापति द्रोण कुँवर र महाधिवेशन प्रतिनिधि जित शेरचनले आवश्यक खाद्यय सामाग्री लिएर हेलिकप्टर माफर्त पहिलो चरणमा पु¥याएका थिए । “काँग्रेस जहाँ दुःख त्यहाँ सारथी बनेको छ । नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्र बहादुर थापाले भने, यस्तो दुखको घडिमा पीडित परिवारलाई थोरै भए पनि मल्हम लगाउन दोश्रो चारणमा राहात लिएर प्रदान गरेका छौं । अब घरबार विहिनलाई पनि अस्थायी टहरा निर्माणका लागि जस्तापाताले राहत हुने छ ।”
पार्टीले थालेको राहत संकलन अभियानमा समग्र पार्टीका नेता, कार्यक्रता, सुवेच्छुक, स्वदेश विदेशमा रहेभएका सहयोगी दाताहरुबाट संकलित रकमबाट नगद सहित जनताको प्रत्यक्ष आवश्यकताको आधारमा खाद्यान्न सहित जस्तापाता आफुहरुले पीडितका माझमा पुगेर हस्तान्त्रण गरीएको सभापति थापाले बताए ।
बाढीका कारण ज्यान गुमाएका र वेपत्ता बनेका ३७ व्यक्तिका परिवारलाई प्रति व्यक्ति ७ हजार नगदका दरले २२ परिवारलाई आर्थिक रकम उपलब्ध गराइएको छ । त्यसैगरी परिवारका सदस्य गुमाएका, वेपत्ता सहित घरबास पूर्ण रुपमा गुमाएका ७९ घर परिवारलाई प्रति परिवार दुई वन्डल अर्थात १८ पिसका दरले रंगिन जस्तापाता प्रति परिवार एकरएक बोरा चामल, नुन, तेल, चाउचाउ, दाल हस्तान्त्रण गरिएको नेपाली काँग्रेस क्षेत्रीय सभापति दोर्णकुमार कुवँरले बताए । पीडितलाई त्रिपाल मुनि बस्नुपर्ने, खान र बस्नको समस्या केहि हदसम्म समाधान हुने बताउँदै राज्य पक्षबाट यथासक्य पुनर्बासको व्यवस्था गर्नुपर्ने देखिएको छ । स्थानीय तहले एकद्धार प्रणालीबाट संकलन गरेको राहत कार्यक्रम सकारात्मक भए पनि संकलित राहात रकम र सामग्री जनताले चाँडो पाउनु पर्ने बताउँदै संकलित राहत व्यक्तिको घरमा र आर्थिक रकम बैँकमा जम्मा गरेर राख्नु अनुचित रहेको बताउँदै पारदर्शितामा कुनै प्रश्न उठ्ने गरी काम नगर्न काँग्रेसले स्थानिय तहलाई आग्रह गरेको छ ।
त्यसैगरी काँग्रेसले स्थानिय जनचेतना प्राथमिक विद्यालयलाई अस्थाई रुपमा तत्काल सञ्चालन गर्नका निम्ति १० बन्डल, फल्लेघर जलविद्युत आयोजना, भुजिखोला पाँचौ लघुजलविद्युत आयोजना र घट्टेखोला विद्युत आयोजना र बोबाङ स्वास्थ्य इकाईको छानो छाउने गरी ४र४ बन्दलका दरले जस्तापाता प्रदान गरेको काँग्रेसका महाधिवेशन प्रतिनिधि जित शेरचनले बताए । बाढीमा परि घाइते बनेका ३ जनाका लागि प्रति व्यक्ति ५ हजार रुपैयाँका दरले नगद उपलब्ध गराईएको थियो । बाढीका कारण घर आंशिक क्षेति भएका ४० परिवार र भाडामा बस्दै आएका तर बाढीका कारण सबै सम्पत्ति गुमाएका १४ परिवारका निम्ती पनि खाद्यन्न हस्तान्तरण गरिएको शेरचनाले बताए ।
जस्तापाता पाए पछि पिडितले त्रिपाल मुनी काठले बारेर निकै दुख कष्ट सहित बस्दै आएको अवस्थाको अन्त्य हुने विश्वास लिएका छन । ‘श्रीमानलाई बाढीले बगायो अहिले साना बालबच्चा सहित त्रिपाल मुनी बस्दा निकै समस्या छ अब जस्तापाता लगेर सानो सानो छाप्रो बनाउनु पर्ला चन्द्रले भनिन् ।’ घर निर्माण गर्न पुग्ने जस्तापाता पाएपछि स्थानीयको मुहारमा केहि हदसम्म भए पनि खुसी देखिएको थियो । पीडितलाई तत्काल लगाउने कपडाको समेत समस्या रहेको भन्दै विभिन्न स्थानबाट संकलन गरीएको कपडा समेत हस्तान्त्रण गरिएको थियो ।
तश्विर ः जस्तापाता हस्तान्तरण गर्दै काँग्रेस बागलुङ