बागलुङ
राष्ट्रिय प्रजातन्त्र पार्टी बागलुङको जिल्ला अध्यक्षमा पुनः सुरेन्द्र खड्का चयन भएका छन । राप्रपा र राप्रपा संयुक्तको एकता भएपछि भएको समायोजन बैठकले सर्वसम्मत रुपमा खड्का अध्यक्षमा चयन गरेको छ । खड्का बागलुङ नगरपालिकाका उपप्रमुख समेत हुन भने पार्टी भित्र प्रभावशाली नेताको रुपमा परिचित छन ।
पार्टीको केन्द्रीय कार्यालयले असोज २१ गते भित्र समिति टुङ्गाउने निर्देशन दिए अनुसार बागलुङमा नयाँ समिति बनेको पार्टीका सचिव विष्णप्रसाद सापकोटाले जानकारी दिए । जिल्ला कार्य समितिको सह–अध्यक्षमा शैलेन्द्र श्रेष्ठ, उपाध्यक्षमा नविनचन्द्र शेरवुजा, मोहप्रसाद घर्ती, सचिवमा विष्णप्रसाद सापकोटा कोषध्यक्ष जयलाल सापकोटा, र सह–सचिव पार्वती शर्मा चयन भएका छन । पार्टीको ३७ सदस्यीय कार्यसमिति बनेको छ । राप्रपा र राप्रपा संयुक्त दुबैका साविका पदाधिकारीलाई समायोजन गरेका सचिव सापकोटाले बताए ।