काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार १७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा २५८ महिला र ५२५ पुरुष, ललितपुरमा ४९ महिला र ६९ पुरुष र भक्तपुरमा ४३ महिला र ७३ पुरुष रहेका छन् ।
सोमबार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी एक हजार ५३१ कोरोना संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी एक हजार ५६० कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ महिला र ५ जना पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको छ ।
आज काठमाडौं उपतयकामा मात्रै २ पुरुषसहित ५ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५९ र ६० वर्षीया महिला तथा ललितपुरमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै ललितपुरमै ६१ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी तेह्रथुममा ३१ वर्षीय, सुनसरीमा ६४ वर्षीय पुरुष र चितवनमा ७० वर्षीय पुरुष तथा नवलपरासीपूर्वमा ७७ वर्षीया महिलाको मृत्यु भएको छ ।
आज नेपालमा १ हजार ५ सय ५१ जनामा कोरोना देखिएको छ । ११ हजार ४७ पीसीआर परीक्षण भएकोमा ५ सय ९ महिला र १ हजार ४२ जना पुरुष संक्रमित भएका हुन् । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
उपत्यकामा १ हजार १७ जना संक्रमित थपिएका छन । काठमाडौंमा ७ सय ८३, भक्तपुरमा १ सय १६ र ललितपुरमा १ सय १८ जनामा संक्रमण देखिएको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ सय १७, प्रदेश नम्बर २ मा १ सय ९८, बागमती प्रदेमा ७ हजार २ सय ६८ र गण्डकी प्रदेशमा ३ सय ५९ जना रहेका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ६ सय ८५, कर्णाली प्रदेशमा ३ सय १ र सुदूरपश्चिम प्रदेशमा १ सय ९० जना गरी देशभरी ९ हजार १ सय १८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आज होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ८ सय १५, प्रदेश नम्बर २ मा ५ सय १७, बागमती प्रदेमा ८ हजार ४ सय ६२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४ सय ४०, कर्णाली प्रदेशमा ३ सय १८ र सुदूरपश्चिम प्रदेशमा ४ सय ७४ जना गरी १३ हजार ५ सय ९१ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
आज २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३६, प्रदेश नम्बर २ मा १४ हजार ८ सय ५१, बागमती प्रदेमा २२ हजार ४ सय २५ र गण्डकी प्रदेशमा ३ हजार ८ सय ६९ जना डिस्चार्ज भएका छन् ।
यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ८ सय ६७, कर्णाली प्रदेशमा ३ हजार २ सय ६८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय २६ गरी देशभरी ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भएका छन् ।
यसैबीच विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले विश्वभर प्रत्येक १० मध्ये एक जनालाई कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण हुन सक्ने बताएको छ । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सिजका प्रमुख माइक रयानले यसको अर्थ विश्वभरको जनसंख्याको ठूलो हिस्सा जोखिममा रहेको बताएका हुन् ।
अहिलेसम्म विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या तीन करोड ५० लाख नाघिसकेको छ । यद्यपि डब्ल्यूएचओका अनुसार संक्रमितको वास्तविक संख्या ८० करोडको हाराहारीमा हुन सक्छ ।
विशेषज्ञहरुले निरन्तर अहिलेसम्म पुष्टि भएका संक्रमितको तुलनामा वास्तविक संक्रमितको संख्या निकै हुन सक्ने बताउँदै आएका छन् । डब्ल्यूएचओको यो बैठक स्विट्जरल्याण्डको जेनेभास्थित मुख्यालयमा भएको थियो । जसमा विश्वभर फैलिएको महामारीबाट पार पाउने तरिकाको विषयमा चर्चा भएको थियो ।
अहिले विश्वका केही मुलुकहरुमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएको छ । डब्ल्यूएचओका हेल्थ इमर्जेन्सिजका प्रमुख रयानले विश्वको १० प्रतिशत जनसंख्यामा कोरोनाको संक्रमण भइसकेको हुन सक्ने अनुमान गरेका हुन् ।
डब्ल्यूएचओका महानिर्देशक डाक्टर टेड्रोस अधानम गेब्रेयेससले विश्वभर फरक फरक मुलुकमा कोरोनाले फरक फरक तरिकाले असर पारेको र यसबाट पार पाउन सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् । अहिलेसम्म समग्र कोरोना संक्रमित र मृतकमध्ये आधाजसो केवल तीन मुलुकमा भेटिएका छन् ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म कोरोनाको कारण १० लाखभन्दा धेरैको मृत्यु भइसकेको छ ।