काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्याकामा एक हजार ४०९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११६ , ललितपुरमा १६३ र भक्तपुरमा १३० कोरोना संक्रमित थपिएका हुन् ।
जसअनुसार काठमाडौंमा ४०९ महिला र ७०७ पुरुष, ललितपुरमा ६१ महिला र १०२ पुरुष र भक्तपुरमा ५७ महिला र ७३ पुरुष रहेका छन् । बिहीबार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ गरी दुई हजार ५४० कोरोना संक्रमित थपिएका हुन् ।
बुधबार काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ गरी एक हजार ६८४ कोरोना संक्रमित थपिएका हुन् । मंगलबार काठमाडौंमा ७८३ , ललितपुरमा ११८ र भक्तपुरमा १६३ गरी एक हजार १७ कोरोना संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा ११७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ गरी एक हजार ५३१ कोरोना संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा १३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ गरी एक हजार ५६० कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ गरी एक हजार १७७ कोरोना संक्रमित थपिएका थिए ।
त्यसैगरी नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमितको संख्या १ लाख नाघेको छ । आज थप २ हजार ५९ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको हो । आज १३ हजार २ सय ७९ पीसीआर परीक्षण भएकोमा महिला ७ सय ३२ र पुरुष १ हजार ३ सय २७ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो ।
काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपर १ सय ६३ जना गरी उपत्यकामा १ हजार ४ सय ९ जना संक्रमित थपिएका छन । यसैगरी कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । आज कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो । मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षीया एक महिलासहित १० जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापाका २९ वर्षीय, ५२ वर्षीय पुरुष, सुनसरीका ४६ वर्षीय, ५२ वर्षीय र ६८ वर्षीय पुरुष रहेका छन् । यस्तै काठमाडौंका ७१ वर्षीय, ललितपुरका ८४ वर्षीय, रुपन्देहीका ४७ वर्षीय र ८४ वर्षीय पुरुष रहेका छन् ।
देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७७, प्रदेश नम्बर २ मा ४ सय ५८, बागमती प्रदेशमा ७ हजर ६ सय ३४ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा ११ सय ८, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७ गरी देशभरी ११ हजार १ सय ७६ संक्रमित संस्थागत आइसोलसनमा रहेका छन् । यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार २४, प्रदेश नम्बर २ मा ५ सय ३, बागमती प्रदेशमा १० हजार ५ सय १२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन् ।
यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय १३, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९६ जना गरी देशभरी १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन् । आज १ हजार ६ सय ८० जना डिस्चार्ज भएका छन् ।
आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ३ सय ३७, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८१, बागमती प्रदेशमा २६ हजार ४ सय ८७ र गण्डकी प्रदेशमा ४ हजार ७८ डिस्चार्ज भएका छन् । यस्तै लुम्बिनी प्रदेशमा १० हजार ३ सय ९२, कर्णाली प्रदेशमा ३ हजार ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ७ हजार ३ सय ९८ गरी देशभरी ७३ हजार ३२ जना डिस्चार्ज भएका छन् ।