काठमाडौं उपत्यका बन्यो कोरोनाको कुवा, एकैदिन पाँच हजार संक्रमित, कहाँ कति भेटिए ?

काठमाडौं । शनिबार काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा गरी ५ हजार ८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै आधाभन्दा बढी रहेका छन् । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी २ हजार ६७२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै मोरङमा ३९४, चितवन १४७, रुपन्देहीमा २१५, सुर्खेतमा १३४ जनामा संक्रमण पुष्टि भएको छ । हाल मनाङ र मुस्ताङबाहेक देशभरका अरु सबै जिल्लामा सक्रिय संक्रमित रहेका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ भने होम आइसोलेसनमा १७ हजार १६४ र संस्थागत आइसोलेसनमा १३हजार ६५४ जना रहेका छन् ।

यस्तै नेपालमा कोरोनाबाट थप १४ जनाको मृत्यु भएको छ। यससँगै मृतकको कुल संख्या ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएको छ । यस्तै कुल संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३०८१८१ ५ छ। त्यसमध्ये १३६५४ जना संस्थागत आइसोलेसनमा र १७१६४ जना होम आइसोलेसनमा रहेका छन्।

हाल क्वारेन्टिनमा ४६८६ जना रहेका छन्। आईसीयूमा ३२१ जना र भेन्टिलेटरमा ७७ जनाको उपचार भइरहेको छ।

यसैबीच पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।

सुनसरीमा १, मोरङमा २, सर्लाहीमा १, काठमाडौंमा २, ललितपुरमा २, भक्तपुरमा १, मकवानपुरमा १, धादिङमा १, नवलपरासीपूर्वमा १ र रुपेन्देहीमा १ जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ ।

यसैबीच संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७८ लाख ९४ हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय शनिबार जानकारी दिएको छ। पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट विश्वको तुलनामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ। कोरोना सङक्रमणबाट अमेरिकामा मृत्यु हुने व्यक्तिको संख्या दुई लाख १८ हजार नाघेको छ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोनाबाट ६९ लाख ७९ हजार भन्दा बढी सङ्क्रमित भएका र यस सङ्क्रमणबाट एक लाख ७ हजार ४५० जनाको मृत्यु भइसकेको छ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख ५७ हजार नाघेको छ। सङ्क्रमणको कारण एक लाख ४९ हजार भन्दा बढीको मृत्यु भएको छ। खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख ७२ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २२ हजार २५७ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ।

कोलम्बियामा ८ लाख ९४ हजार ३०० जना कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २७ हजार ४९५ जनाको मृत्यु भएको छ। स्पेनमा ८ लाख ९० हजार ३८१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भन ३२ हजार ९२९ जनाको मृत्यु भएको छ।

अर्जेन्टिना ८ लाख ७१ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने २३ हजार २५० जनाको मृत्यु भएको छ। पेरुमा ८ लाख ४३ हजार ३५५ मा व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३३ हजार १५८ जनाको मृत्यु भएको छ।

मेक्सिकोमा ८ लाख ९ हजार ७५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ८३ हजार ५०७ जनाको मृत्यु भएको छ। फ्रान्समा ६ लाख ९१ हजार ९७७ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने ३२ हजार ५८३ जनाको मृत्यु भएको छ।

दक्षिण अफ्रिकामा ६ लाख ८८ हजार ३५२ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् भने १७ हजार ५४७ जनाको मृत्यु भएको छ। विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म १० लाख ७२ हजार ८२६ जना पुगेको छ।

यस भाइरसबाट सङक्रमित हुनेको संख्या विश्वभर तीन करोड ७१ लाख २० हजार पुगेको छ । कूल सङ्क्रमितमध्ये दुई करोड ७९ लाख २ हजार भन्दा बढी हजार निको छन् भने करिब ८१ लाख ४४ हजार मानिस सक्रिय सङ्क्रमित छन्। विश्वभर अझै पनि ६८ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →