उपत्यकामा कोरोना संक्रमित बढ्दो, सरकारले भन्यो–आइसीयू र भेन्टिलेटर अभाव हुँदैछ

काडमाडौं । पछिल्लो विवरणअनुसार देशभर कोरोना संक्रमितको सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर ३१ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका हुन्।

कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा बेड अभाव भएको सरकारले बताएको छ। आइसीयू र भेन्टिलेटर अभाव हुँदै गएको स्वास्थ्य मन्त्रालयले बताएको हो । हाल देशभर कोरोना संक्रमित भइ ७६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ३२९ जना आईसीयुमा उपचाररत रहेका छन् ।

देशभर पछिल्लो २४ घण्टामा २ हजार ७१ संक्रिमत थपि‌ँदा काठमाडौं उपत्यकामा मात्र १ हजार ४ सय ४६ संक्रमित थपिएका छन्। यो आज थपिएका कुल संक्रमित संख्याको करिब ७० प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार काठमाडौं जिल्लामा मात्र १ हजार १ सय ४५ संक्रमित थपिएका छन्। त्यस्तै भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ नयाँ संक्रमित थपिएका हुन्।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो ।

काठमाडौंमा ६६ वर्षीया महिला, ६० वर्षीय पुरुष, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ वर्षीय पुरुष, भक्तपुरमा ४४ वर्षीय पुरुष र ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी चितवनमा एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षीय पुरुष र ९८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ६२ वर्षीया महिला, ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष मकवनपुरमा ८५ वर्षीया महिला सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यस्तै नुवाकोटमा ७७ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

आज २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

उपत्यकामा १ हजार ४ सय १६ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंमा १ हजार १ सय ४५, भक्तपुरमा १ सय १० र ललितपुरमा १ सय ६१ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार २ सय ९९, प्रदेश नम्बर २ मा ६ सय २०, बागमती प्रदेशमा ९ हजार ३ सय ८ र गण्डकी प्रदेशमा ६ सय २५ जना रहेका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार १ सय ६९, कर्णाली प्रदेशमा ४ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ५३ गरी देशभर १३ हजार ६ सय ४९ जना संस्थागत आइसोलेसनमा रहेका छ ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार १ सय ८७, प्रदेश नम्बर २ मा ५ सय ३४, बागमती प्रदेशमा ११ हजार ५ सय २१ र गण्डकी प्रदेशमा ५ सय ८० जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ८ सय ४७, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा ५ सय ७१ जना गरी देशभरी १७ हजार ६ सय ६६ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आज क्वारेन्टिनमा ३ सय २९ र भेन्टिलेटरमा ७६ जना संक्रमित उपचाररत रहेका छन् ।
आज १ हजार ५ सय ५२ जना संक्रमित मुक्त भएर घर फर्किएका छन् ।

आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १४ हजार ९ सय ८३, बागमती प्रदेशमा २८ हजार ३ सय ७ र गण्डकी प्रदेशमा ४ हजार १ सय १९ जना डिस्चार्ज भएका छन् ।

यस्तै लुम्बिनी प्रदेशमा १० हजार ७ सय २४, कर्णाली प्रदेशमा ३ हजार ४ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ५ सय ३२ गरी देशभरी ७५ हजार ८ सय ४ जना रहेका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →