काठमाडौंमा भूसको आगो बन्यो कोरोना, आज कहाँ कति थपिए ?

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ३८८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ कोरोना संक्रमित थपिएका हुन् ।

आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० करोना संक्रमित थपिएका छन् । हालसम्म कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ ।

त्यसैगरी देशभर नोभेल कोरोना भाइरसका थप तीन हजार ७९० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७९० संक्रमित थपिएका हुन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३३५ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ९४ हजार ५०१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ९१८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ८५१ जना र होम आइसोलेसनमा २६ हजार ९२७ जना रहेका छन् । आजसम्म देशभर चार हजार ४७० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८२ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ३६ हजार ३६ पुगेको छ । हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ४७० जना रहेका छन् । विगत २४ घण्टामा २ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार मुलुकका विभिन्न भागमा रहेका आईसोलेशनमा ४० हजार ७७८ जना रहेका छन् । त्यस्तै हालसम्म १३ लाख ९१८ ओटा पीसीआर परीक्षण भइसकेको छ ।

शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।

गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । शनिबार मात्रै कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →