काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ११० कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२९ महिला र ६८१ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म २० हजार ७२२ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने १९२ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ४५४ जना सक्रिय संक्रमित रहेका छन् भने ५५ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा दुई हजार ५३३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ५४ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
शुक्रबार काठमाडौं उपत्यकामा दुई हजार ७२० कोरोना भाइरस संक्रमित थपिएका थिए ।
बिहीबार काठमाडौंमा एक हजार २८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी एक हजार ५५२ कोरोना संक्रमित थपिएका थिए ।
बुधबार काठमाडौंमा दुई हजार ३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी तीन हजार २०७ कोरोना संक्रमित थपिएका थिए ।
मंगलबार काठमाडौंमा एक हजार ४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ गरी एक हजार ७०२ कोरोना संक्रमित थपिएका थिए । सोमबार काठमाडौंमा दुई हजार ८ , भक्तपुरमा ९९ र ललितपुरमा २८१ गरी दुई हजार ३८८ कोरोना संक्रमित थपिएका थिए ।
आइतबार काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० गरी एक हजार ६९८ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।
यस्तै देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार २ सय २५ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२५ संक्रमित थपिएका हुन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ८४६ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ८ हजार ३३४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १३ लाख ८० हजार ८६२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन १३ हजार १८४ जना र होम आइसोलेसनमा ३२ हजार ८७३ जना रहेका छन् । आजसम्म देशभर तीन हजार ३२२ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।
यससँगै कुल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ ।
शनिबार देशभर तीन हजार १६७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने एक हजार ८०० जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो ।
आइतबार देशभर दुई हजार ९४२ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३२६ जना डिस्चार्ज भएका थिए । आइतबार देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
सोमबार देशभर तीन हजार ७९० कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ३३५ जना डिस्चार्ज भएका थिए । सोमबार देशभर १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
मंगलबार देशभर तीन हजार ९३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार १०८ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर ८ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।
बुधबार देशभर पाँच हजार ७४३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ९९६ जना डिस्चार्ज भएका थिए । बुधबार देशभर २६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको हो ।
बिहीबार देशभर तीन हजार ६३७ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार २१५ जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर २१ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।
शुक्रबार देशभर चार हजार ४९९ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार ६६८ जना डिस्चार्ज भएका थिए । शुक्रबार देशभर १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
त्यसैगरी कोरोना भाइरसको संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १३ जनाको मृत्यु भएको हो ।
शुक्रबार कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको थियो । बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।
बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो । मंगलबार कोरोना भाइरसको संक्रमणबाट आठजनाको मृत्यु भएको थियो । सोमबार कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको थियो ।
आइतबार कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको थियो । गत साता कोरोना संक्रमणबाट ११३ जनाको मृत्यु भएको थियो । हालमम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४२ पुगेको छ ।