विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, कात्तिक १७ गते । पछिल्लो चौबीस घण्टामा विराटनगरमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र नोबेल शिक्षण अस्पतालमा दुई पुरुषको मृत्यु भएको अस्पतालले जनाएकाे छ।

कोसीमा मृत्यु हुनेमा विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्ध छन्। गत कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाइ उपचारार्थ अस्पताल भर्ना गरिएको थियो।

नोबेल शिक्षण अस्पतालमा झापाको दमक नगरपालिका २ का ७२ वर्षीय पुरुषको पनि मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए। संक्रमण पुष्टि भएपछि उनलाई कात्तिक १२ गते अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →