राजस्थान र पञ्जाब आईपीएलमा अन्तिम चारको होडबाट बाहिरियो

काठमाडौं, कात्तिक १७ गते । इन्डियन प्रिमियर लिगको अन्तिम चारको होडबाट राजस्थान रोयल र किंग्स एलेभन पञ्जाब बाहिरिएको छ । चेन्नई सुपर किंग्स भने तीन खेल अगावै बाहिरिसकेको थियो ।

आईतबार दुई अलग अलग खेलमा दुबै टोलिले हार बेहोरेपछि प्रतियोगितामा अन्तिम चारको होडबाट बाहिरिएको हो । राजस्थान रोयलले कलकत्ता नाइट राइडर्स विरुद्धको खेलमा ६० रनले पराजित भयो । अर्को खेलमा चेन्नई सुपर किंग्सले पञ्जाबलाई नौ विकेटको फराकिलो अन्तरले हराउँदै उसलाई प्रतियोगिताबाट बाहिरिन बाध्य बनायो । पञ्जाब, राजस्थान र चेन्नईको सामान १२ अङ्क छ ।
अन्तिम खेलमा हारसँगै राजस्थान अङ्कतालिकको पूछारमा पुगेको छ । सामान अङ्क रहेपनि नेटरन रेटको आधारमा चेन्नई सातौं र पञ्जाब छैटाैं स्थानमा छ ।
बाँकीको तीन स्थानको लागि बैंग्लौर, देल्ही, कलकत्ता र हैदराबादबीच कडा स्पर्धा हुनेछ । बैंग्लौर, देल्ही र कलकत्ताको सामान १४ अङ्क छ । कलकत्ताले आफ्नो अन्तिम खेल खेलिसकेको छ । नेट रन रेटमा ऊ देल्ही र बैंग्लौरभन्दा मुनि छ । बैंग्लौर र देल्ही दुबैले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । अन्तिम खेलमा जित हारमा दुबै टोलीको आगामी यात्रा तय हुनेछ । तर देल्हीले बैंग्लौरको सामना गर्ने हुँदा दुबैका लागि अन्तिम खेल जित्नु आवश्यक देखिन्छ ।
हैदराबादको १२ अङ्क छ । तर उसले आफ्नो अन्तिम खेल खेल्न बाँकी नै छ । हैदराबादले अन्तिम खेलमा जित हात पारे उसले कलकत्ता वा देल्ही र बैंग्लौरबीचको खेलमा हार बेहोर्ने टोलिलाई उछिनेर अन्तिम चारका लागि स्थान बनाउने सम्भावना जीवितै रहेको छ । हैदराबादले अन्तिम खेलमा अङ्कतालिकाको शीर्ष स्थानमा रहेको मुम्बई इन्डियन्सको सामना गर्नेछ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →