अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको पहिलो अधिवेशन सम्पन्न अध्यक्ष्मा एकराज गिरी

कात्तिक २३ गते । छरिएर रहेका बागलुङेहरुको साझा संस्था अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको प्रथम अधिवेशनबाट एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

भर्चुअल माध्यम मार्फ़त भएको अधिवेशनबाट स्पेन निवासी गिरी अध्यक्ष चयन भएका हुन् । अन्तर्राष्ट्रिय बागलुङ समाजको अगुवाको रुपमा भुमिका निभाउँदै आएका गिरीको घर बागलुङको बलेवा हो ।

उपाध्यक्षहरुमा कृष्णप्रसाद शर्मा (युके), बेलुकाजी थापा (जापान), रमेश भट्ट (क़तार), दिपक गौतम (क्यानडा), सुमन बिष्ट (अष्ट्रेलिया) निर्वाचित भएका छन् ।

महासचिबमा देबु पौडेल (बेल्जियम) निर्बाचित भए भने सचिबहरुमा अशोक शर्मा (डेनमार्क), प्रेम सागर पौडेल (कोरिया) दीपेन्द्र आचार्य (पोर्तुगल) चयन भए । कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सह-कोषाध्यक्षमा महेशकुमार खाती (डेनमार्क) निर्विरोध निर्वाचित भए ।

त्यस्तै महादेश संयोजकहरुमा अमेरिका संयोजकमा नवराज पन्त (अमेरिका), युरोप संयोजकमा महेन्द्र खड्का (डेनमार्क), एसिया संयोजकमा बिष्णु चापागाई (मलेशिया) चयन भएका छन् । सदस्यहरुमा चन्द्रकान्त शर्मा, सन्तोष शर्मा, सज्जन हमाल, बमबहादुर जि.सी, ज्ञानु शर्मा, कर्ण बुढाथोकी, गमबहादुर बि.क र बिदुर गौतम चयन भए । सबै देशमा रहेका बागलुङ समाजका अध्यक्ष तथा संयोजकहरु पदेन सदस्य रहने छन् ।

निर्वाचित नयाँ कार्यसमितिको घोषणा निर्वाचन समितिका संयोजक तथा निवर्तमान अध्यक्ष होमनाथ शर्माले गरेका थिए ।

संस्थामा रहेर काम गर्न चाहाने साथीहरु सबैलाई समेटेर अघि बढिने र बागलुङको हितमा काम गर्ने नवनिर्वाचित अध्यक्ष गिरीले प्रतिबद्धता जनाएका छन् ।

नवनिर्वाचित अध्यक्ष गिरी ।

अधिवेशनको उद्घाटन गर्दै बागलुङ क्षेत्र नम्बर २ का संघीय सांसद देबेन्द्र पौडेलले संसारभर छरिएर रहेका बागलुङेहरु संगठित भएर अघि बढ्नु सुखद पक्ष भएको बताउँदै बागलुङको विकास र सुख दु:खमा संधै सहयोग गर्न अनुरोध गरे ।

बिशिष्ठ अतिथी बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सुर्य पाठकले सबैसंग हातेमालो गर्दै लागलुङको विकास निमार्णमा सहयोग गर्नुपर्ने आवश्यकता औंलाए । कार्यक्रममा एनआरएनएका महासचिब डा. हेमराज शर्मा, सल्लाहकार युक्त सुवेदी र बागलुङ समाजका बिभिन्न देशका अध्यक्ष तथा प्रतिनिधीले मन्तब्य राखेका थिए ।

अधिवेशनमा झण्डै ३० देशबाट करिव १०० जना जति प्रतिनिधी सहभागी थिए । कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भएर अधिवेशन गर्न सम्भव नदेखिएपछी संस्थाले अनलाइन मार्फत गर्ने निर्णय गरेको थियो ।

संसारभर छरिएका बागलुङबासीबिच भावनात्मक सम्बन्ध बढाउन, एकआपसमा सहयोग, बागलुङ जिल्लाको विकास र सुख दु:खमा साथ सहयोगको लागि हातेमालो गर्न सहयोग पुगोस भनेर संस्था गठन भएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →