काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४२८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १३६, ललितपुरमा २०१ र भक्तपुरमा ९१ जनालाई कोरोना संक्रमण देखिएको छ।
योसँगै हालसम्म काठमाडौंमा ७३ हजार २०३, ललितपुरमा १० हजार ३५४ र भक्तपुरमा ६ हजार ५९८ संक्रमित भएका छन्।
यस्तै देशभर नोभेल कोरोना भाइरसका थप दुई हजार ५७१ संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भएका छन् ।
हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर ९६७ जना क्वारेन्टिनमा रहेका छन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ९७ हजार २४ पुगेको छ ।
यस्तै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ सय ९४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।
मन्त्रालयको तथ्यांक अनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियु र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४९ जना आइसियु र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै सुदुरपश्चिममा १५ आइसियु र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियु र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियु उपचाररत रहेका छन्।
मन्त्रालयका अनुसार आइतबार ४८० जना संक्रमित आइसियु र भेन्टिलेटरमा थिए भने शनिबार ४४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए। पछिल्लो केही दिन यता गम्भीर कोरोना संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयकै तथ्यांकले पनि देखाउँछ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ।
पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।
यस्तै नेपालमा कोरोना संक्रमणको अवस्था पत्ता लगाउन ‘सेरो प्रिभिलेन्स सर्भे’ का लागि देशभरबाट संकलन गरिएको नमुना (एन्टिबडी)को परीक्षण सुरु भएको छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले सातै प्रदेशमा तीन हजार १५० जनाको नमुना (रगत) संकलन गरेको थियो । महाशाखाका निर्देशक डा वासुदेब पाण्डेले प्रत्येक प्रदेशबाट ४५० जनाको दरले तीन हजार १५० जनाको दसैंअघि नै नमुना संकलन गरिएको जानकारी दिए ।
उनका अनुसार सातैवटा प्रदेशमा प्रत्येक प्रदेशको ३० वटा वडाका १५ परिवारको नमुना लिइएको छ । महाशाखाका अनुसार विदेशबाट आएको चार साता भएका र पाँच वर्षमाथिका उमेर समूहका व्यक्ति नमुना लिइएको जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार तिहारअघि नै नमुना परीक्षण भइसक्ने बताइन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनले रि–एजेन्ट गत साताको अन्तिममा दिएको थियो अहिले परीक्षणको कार्य भइरहेको छ ।
संक्रमणदर ५० प्रतिशतभन्दा मुनि देखियो भने हामीले संक्रमण उच्च बिन्दुमा पुग्नै बाँकी छ भनेर बुझ्नुपर्छ र सोही अनुसार नियन्त्रणको तयारी गर्नुपर्नेछ ।
यसैगरी एन्टिबडी परीक्षणबाट नेपालमा कति प्रतिशत व्यक्ति संक्रमित भए भन्ने पत्ता लाग्छ । अर्को विश्व स्वास्थ्य सगंठनले हाल नेपालको संक्रमणको समुहमा रहेको बताउँदै आएको छ । तर, जनस्वास्थ्य विज्ञहरुले समुदायमा फैलिसकेको बताइरहेका छन् तर यो सर्भेबाट संक्रमणको यकिन अवस्था पत्ता लाग्ने महाशाखाको भनाइ छ ।