कोरोना जितेपछि रवी लामिछानेले भने – १४ दिनको कठिन आइशोलेशनबाट मुक्ति मिल्यो

टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछाने कोरोना मुक्त भएका छन् ।

लामिछाने र उनकी पत्नी निकिता पौडेलको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

लामिछानेले १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिलेको जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, १४ दिनको कठिन आइशोलेशनबाट आज मुक्ति मिल्यो।केही बेर अघि मात्र हामी दुबैको PCR रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भयो।विभिन्न माध्यम बाट हामीलाई स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर स्वास्थ्य सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डे Rabindra Sameer तथा डा.विश्वनाथ कोइराला(ॐअस्पताल)प्रति आभार प्रकट गर्दछौ।सोचे झै कोरोना रैनछ।’

यो पनि,
लामो रस्साकस्सी पछि अन्ततः शुक्रबार बस्ने भयो नेकपा सचिवालय बैठक

लामो रस्साकस्सी पछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार (भोलि) अपराह्न बस्ने भएको छ ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक राख्न सकारात्मक भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) समेतको सहमतिमा शुक्रबार अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।

गत भदौको अन्तिम साता सम्पन्न स्थायी कमिटी बैठकबाट पार्टी भित्रको आन्तरिक विवाद समाधान भएको भनिए पनि गएका केही हप्तायता फुटकै संघारमा पुग्ने गरी नेकपाको विवाद चुलिएको छ ।

गत शनिबार अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताका क्रममा ओलीले ‘सहमति’मै पार्टी फुटाउने प्रस्ताव राखेको विषय बाहिर आएपछि पार्टी फुटको संघारमा रहेको चर्चा चलेको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधरले तत्काल बैठकको माग गर्दै आएका थिए भने ओलीले बैठक डाक्ने विषयलाई टार्दै आएका थिए ।

शुक्रबार प्रचण्डको नेतृत्वमा बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले गरेको निर्णयानुसार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यले आइतबार भेटेर २ दिनभित्र पार्टीको बैठक डाक्न समयसीमा दिएका थिए ।

बैठक डाक्न भनेर ओलीलाई दिइएको पहिलो पटकको समयसीमा त्यत्तिकै सकिएको थियो । ओलीले बैठक बोलाउने विषयमा सहमति नजनाए पछि प्रचण्डले दोस्रो पटक कात्तिक २५ गते बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठक पार्टी कार्यालय धुम्बाराहीमा बोलाएको थियो ।

प्रचण्डसहित सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी धुम्बाराहीको पछिल्लो बैठकले ओलीलाई बैठक बोलाउने विषयमा सहमति जनाउनका लागि बिहीबार (आज)सम्मको समयसीमा दिएको थियो ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →