काठमाडौँ, मङ्सिर १ गते । ‘मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज अन्तर्गत मङ्गलबार नेपाल र बङ्गलादेशबीच दोस्रो र अन्तिम खेल हुँदैछ ।
नेपालले दोस्रो खेल पनि बङ्गबन्धु रङ्गशालामा बङगलादेशसँग उसकै घरेलु मैदानमा खेल्दैछ । पहिलो खेलमा २–० ले हारेपछि नेपालको बोहनी खराब भएको थियो । नेपाल पाँच वर्षपछि बङ्गलादेशसँग पराजित भएको हो । त्यसैले सो पराजयले नेपाली फुटबल टिम मात्र होइन समर्थक पनि निराश छन् । तर नेपाली फुटबल टिमसमक्ष सो हारलाई बिर्साउने अवसर पाँच दिनपछि नै पाएको छ । नेपाली खेलाडीहरुले मङ्गलबार आप्mना समर्थकको सोही निराशालाई खुशीमा बदल्न जिम्मेवारी बोध गरेर खेल्ने आशा गरिएको छ ।
मुजिब बोर्सो ट्रफी उचाल्न नेपाललाई भोलि बङ्गलादेशलाई कम्तिमा दुई गोलको अन्तरले हराउन आवश्यक छ । नेपालले भोलिको खेल दुई गोलको अन्तरले जितेमा विजेताको छिनोफानो पेनाल्टी सुटआउटमा हुनेछ । पहिलो खेल जितेपछि घरेलु टिमलाई भने जित र हारले ट्रफी दिलाउने नै भयो । एक गोल अन्तरले मात्र हारेपछि ट्रफी बङ्गलादेशले नै उचाल्नेछ ।
नेपालका प्रशिक्षक बालगोपाल महर्जनले पनि दोस्रो खेलमा बङ्गलादेशविरुद्ध उत्कृष्ट नतिजा निकालेर नेपाली फुटबललाई पुनः सही बाटोमा फर्काउने बताउनुभएको छ । ‘हामी तयार छौँ । भोलिको खेल पहिलो खेल जस्तो हुने छैन । अवश्य नेपाली टिमको प्रदर्शनमा फरक पाउनुुहुनेछ । हामीले पहिलो खेलमा भएका कमी कमजोरीको लेखाजोखा गरिसकेका छौँ ।