प्लाज्मा पाएका ४९ जनामध्ये ३१ जना निकाे भए

नेपालगञ्ज, मङ्सिर ६ गते । बाँकेमा प्लाज्मा थेरापी पाएका ४९ जना काेराेना सङ्क्रमितमध्ये ३१ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन

केन्द्र बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँकेमा कोरोना जितेर हालसम्म ५० जना व्यक्तिले प्लाजामा थेरापीका लागि रक्तदान गरेका छन् भने भेरी अस्पतालमा ३८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ११ जनासहित प्लाज्मा पाएका ४९ जनामध्ये ३१ जना निकाे भए ४९ जना सङ्क्रमितले प्लाज्मा पाएका छन् ।

प्लाज्मा थेरापी पाएका ४९ जना सङ्क्रमितमध्ये भेरी अस्पतालमा २४ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सात जना गरी ३१ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् भने भेरी अस्पतालमा १४ र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा चार जनासहित १८ जना सङ्क्रमितको मृत्यु भएको छ ।

जिल्लामा प्लाज्मा पाएर बिरामी निको हुने दर ६३ प्रतिशत छ भने प्लाज्मा पाएर पनि बिरामी मृत्यु हुने दर ३७ प्रतिशत छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →