भारतमा कोरोना खोप लगाइएका व्यक्तिमा देखियाे ‘साइडइफेक्ट’

एजेन्स, माघ ४,भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका मध्ये ५२ जनामा साइडइफेक्ट देखिएको छ ।खाेपले केहीलाई एलर्जीलगायतका समस्या देखिएको छ भने एक जनाको अवस्था गम्भीर रहेकाे समाचारमा जनाइएकाे छ ।

अहिलेसम्म कसैलाई पनि अस्पताल नै भर्ना गर्नुपर्ने अवस्था नआएकाे र उनीहरूलाई स्थानीय प्रशासनले निगरानीमा राखेकाे त्यहाकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।यद्पी कोभ्याक्सिन निर्माता भारत बायोटेकले भ्याक्सिनले साइड इफेक्ट गरेमा क्षतिपूर्ति दिने यसअघि नै घाेषणा गरिसकेकाे छ ।

त्यहाँ हिजाेदेखि खाेप लगाउन सुरू गरिएकाे हाे । पहिलाे दिन करीब दुइ लाख जनाले खाेप लगाएका छन् । यसरी खाेप लगाउनेमा बढीमात्रामा डाक्टर,नर्स र सफाइकर्मी रहेका छन् । पहिलाे चरणमा काेराेना महामारीमा पनि अग्र माेर्चामा रहेर कार्य गर्दै आएकाहरूलाई खाेप लगाइसकिएपछि मात्र दाेस्राे चरणमा अन्य व्यक्तिलाई लगाउन शुरू गरिने बताइएकाे छ ।

खाेपका लागि सयाैं स्वास्थ्यकर्मीलाई तालिम दिइएकाे छ।भारत सरकारले कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको हाे।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →