काठमाडौं, फागुन ६ गते ।नेपाली सेनाले सफा हिमाल अभियान अन्तर्गत सन् २०२१ मा बिभिन्न ५ हिमालबाट फोहर संकलन गर्ने जनाएको छ ।
सैनिक मुख्यालयमा बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलमका बेस क्याम्प र सो भन्दा बढि उचाईका क्षेत्रबाट ३५ टन फोहोर संकलन गर्न लागेको जनाएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका प्रमुख सहायकरथी हिमांशु खड्काले सेनाले अभियानको एकीकृतरुपमा अगुवाइ गर्ने र यसमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य हुने जानकारी दि ।
चैत्र ३१ गते व्यानर हस्तान्तरण गरि सुरु भई जेष्ठ २२ गते विश्ववातावरण दिवसका दिन नसड्ने फोहर रिसाईकल गर्ने संस्थाहरुलाई हस्तान्तरण गरिने उनले बताए । अभियानको दौरान सम्बन्धति हिमालमा पर्ने बाटोमा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने खड्काले जानकारी दिए।सफा हिमाल अभियान सन २०१९ बाट सुरु गरिएको थियो । अभियानबाट जलवायु परिवर्तनबाट हुने असरलाई कम गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले जनाएको छ ।