काठमाडौं, फागनु २१ गते । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । दिउसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकले प्रतिनिधि सभा बैठकमा पार्टी कसरी
अगाडि बढ्ने र सरकारमा कसरी सहभागी हुने भन्नेबारे धारणा तय गर्ने प्रमखु सचेतक बालकृष्ण खाणले जानकारी दिए ।
सभापति देउवा पक्ष र रामचन्द्र पाैडेल पक्षबीच नै सरकारमा सहभागिताकाे विषयमा कुरा मिल्न सकेकाे छैन । सभापति देउवा प्रधानमन्त्रीकाे जिम्मेवारी पाए पछि हट्न नहुने पक्षमा छन् भने पाैडल पक्ष भने दाहाल-नेपाललाइ सहयाेग गरेर अगाडि बढ्नु पर्छ भनिरहेका छन् ।
कांग्रेसको हिजाे बसेकाे पदाधिकारी बैठकले संविधान र जनताकाे हितलाइ ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेकाे थियाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको संसद् विघटन गर्ने निर्णय ११ फागुन सर्वोच्च अदालतले बदर गरिदिएपछि सरकारको सिफारिसमा राष्टपति विद्यादेवी भण्डारीले २३ फागुनमा प्रतिनिधि सभाको अधिवेशन आब्हान गरेकी हुन् ।