नेपाली जनताको चाहना पूरा भएको छैन : विप्लव

काठमाडौं, फागनु २१ गते । भूमिगत जीवनबाट भर्खर सार्वजनिक भएका नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली जनताको चाहना पूरा नभएको टिप्पणी गरेका छन्।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा आज नेपालका परिर्वतनकारी सहिदहरुको सम्झनामा मनाउने दिन परेको भन्दै उनले आफू सहिदहरुको सपना पूरा गर्न लागि पर्ने बताए।
उनले काठमाडौंमा सार्वजनिक हुनुअघि गाउँबाट आउँदाको घटना जोड्दै मजदुर र श्रमिकहरुको हितमा लाग्ने बताए। ‘हामी एउटा गाउँमा बस्दै गर्दा सहिदकी आमाले टीका लगाइदिनु भयो र भन्नु भयो-आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहाना पूरा भइसकेको छैन’, उनले भने ‘नेपालका जनताको चाहाना पूरा भएको छैन। दु:ख गरि खाने नेपालीहरुको चाहाना पूरा भएको छैन। यो सम्झेर हस्ताक्षर गर्नु होला भन्नु भएको थियो। मृत्युको नजिक नपुगेर फर्केको नेतापनि छैन। कठिन अवस्था भोगेर आएका नेताहरु छन्।’

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →