कांग्रेस नेता जोशीकाे स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

काठमाडौं, फागनु २१ गते । मष्तिष्कघात भई गत शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका कांग्रेसका नेता नवीन्द्रराज जोशीले आफैं सास फेर्न थालेका छन्।

नेता जोशीको अवस्थामा सुधार भएको भन्दै अस्पतालले बिहीबार बिहानदेखि नै भेन्टिलेटरको सपोर्ट हटाइएको छ।
सोमबार बिहानदेखि चिकित्सकहरुले मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको थियो। अवस्थामा तीव्र सुधार भएपछि बिहीबारदेखि पूर्ण रुपमा भेन्टिलेटरबाट निकालिएको जोशीको उपचारमा संलग्न न्यूरो सर्जन डा राजीव झाले बताए।
उनका अनुसार भेन्टिलेटर हटाएपछि जोशीले सामान्य रुपमा सास फेर्न थालेका छन्।
बेहोस अवस्थामा भेन्टिलेटरमा रहेको बिरामीलाई श्वासप्रश्वासमा सहजता होस् भनेर बुधबार बिहान नेता जोशीको घाँटीमा सानो प्वाल पार्ने सर्जरी (ट्रयाकियोसटोमी) गरिएको थियो।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →