नेपाल , बागलुङ -अन्तराष्ट्रिय बागलुङ समाज र बागलुङमा रहेका स्थानीय निकाय बीच समग्र बागलुङको बिकासका लागि मिलेर सहकार्य गर्दै अगाडी बढ्ने सहमती भएको छ ।
समाजले गत आइतवार आयोजना गरेको र्भचुअल माध्यममाबाट सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले शिक्षा, स्वास्थ्य, वातावरण र खेलकुल क्षेत्रमा सहकार्य गर्न जोड दिएका थिय ।
अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै बाग्लुङ्ग नगरपालीकाका नगर प्रमुख जनकराज पौडेलले विदेशमा बस्ने नेपाली समाज र संस्थाहरूसँग मिलेर काम गरेर अघि बढ्न आँफु इच्छुक रहेको बताउनु भयो । बागलुङ जिल्ला प्रसस्त सम्भवना बोकेको जिल्ला रहेको बताउँदै लगानीको लागि सबैलाई आग्रह गर्दा भन्नुभयो यदि तपाईहरू यहाँ आएर लगानी गर्नुहुन्छ भने हामी पाँच वर्षको लागि वयवसायिक कर मिनाह गर्छैं त्यस्तै पानी,बिजुली र मोटरबाटो नभएको ठाँउमा हामी त्यो पनि उपलब्ध गराउने छौं ।
गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले जिल्लाको विकासमा हातेमाले गरेर अगाडी बढ्न सके जिल्लाको बिकासम राम्रोसँग हुने बताउनुभयो । त्यस्तै समाजका सचिव दिपेन्द्र आचार्यले बागलुङको शिक्षामा राजनीतिकरण भएको र स्वास्थ्य क्षेत्रमा कमिशनको खेल रहेकोले यसलाई नगर पालिकाले अनुगमन गर्दै यस्तो कार्य बन्द गरेर नियम कानुन अनुसार अगाडी बढ्नु पर्ने बताउनु भयो ।
अन्तरक्रियामा समाजका अध्यक्ष एकराज गिरीले समाज र नगरपालीका बीच सहकार्य गर्न आवश्यक सहमतिपत्र तयार गरेर अघि बढ्नको लागि विषेश प्रस्ताव गर्नु भएको थियो । सो प्रस्तावलाई मेयर पौडेलले सकरात्मक भन्दै समाजलाई आवश्यक सहयोग गर्ने, कानुनी जटीलतामा सहजीकरण गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
कार्यक्रममा विश्वभर छरिएर बसेका बाग्लुङ्गे गैरआवासीय नेपालीहरुको उपस्थिती थियो ।