रेशम चौधरी समर्थक थाकसलाई वार्ताको लागि गृहमन्त्री थापाद्धारा लिखित पत्र

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले रेशम चौधरी समर्थक तथा थरुहट थारुवान संयुक्त संघर्ष समिति लाई वार्ताका लागि लिखित पत्र पठाएका छन् ।

चैत ८ गतेदेखि रेशम चौधरी समर्थक थारु कल्याणकारिणी सभा (थाकस) ले राजधानीको माईतीघर मण्डालामा धर्ना दिदै आएकोमा शुक्रबार गृहमन्त्री बादलले सरकारसँग वार्ताको आव्हान गर्दै पत्र पठाउनुभएको थरुहट थारुवान संयुक्त संघर्ष समितीका सदस्य रुक्मिणी चौधरीले जानकारी दिए ।

चौधरीले धर्ना चैत १३ गते शुक्रबारबाटै स्थगन गरिएको पनि बताए । गृहमन्त्रीको लिखित पत्र प्राप्त भएसँगै संघर्ष समितीले सरकारसँग वार्ताको लागि आवश्यक वातावरण मिलाउने समेत चौधरीले बताए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →