नेपाली चलचित्र जगतमा थापाले एकछत्र राज गरिन्। वाहवाही कमाइरहेकै अवस्थामा तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले एउटा मञ्चमै नचाएकी थिइन् लालुपाते नुहियो भुइँतिर
गीतमा।त्यसले नेपाली सिने क्षेत्र मात्र नभएर राजनीतिक क्षेत्रलाई पनि तताएको थियो। तर कुनै बेला माओवादीमा रहेकी रेखा अहिले राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)मा छिन्।उनी राप्रपाको महाधिवेशनबाटै केन्द्रीय सदस्य चुनिएकी हुन्। थापा नेपाली रजतपटमा अहिले पनि उतिकै चर्चित नायिकाको रुपमा परिचित छिन्।
रेखा अहिले राप्रपाको संगठन सुधार र राप्रपाको राजनीतिक वैचारिक लाइनमा समाहित भइरहेकी छिन्।यही सिलसिलामा रेखा शनिबार नुवाकोटको लिखु गाउँपालिकामा राप्रपाको गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पुगिन्। उनी संलग्न कार्यक्रमका प्रमुख अतिथि थिए, राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीराप्रपाको महाधिवेशन वैशाखमा हुँदैछ। रेखा राप्रपाको महाधिवेशनलाई लक्षित गरी नुवाकोट पुगेकी थिइन्। उनकै भनाइमा राप्रपाको महाधिवेशनमा सबै जना आ-आफ्नो ठाउँबाट लागिरहेकै छन् त्यसैले उनी पनि लागेकी हुन्।
अहिलेको राजनीतिलाई दोस्रो पुस्ताले सुधार्नुपर्छ। कुनै पनि सत्ता सञ्चालनमा गाली र गुनासो मात्रै गर्ने हामी मैदानमा नउत्रिए विकृति विसंगति रोकिन्न उनी भन्छिन् कहाँ कमजोरी छ? जनताको भावना हामीले कहाँनेर बुझिरहेका छैनौं? जनतालाई आश्वासन मात्र दिइरहेका छौं। तर अब युवापुस्ताले जनताको भावना सम्बोधन गर्न नेतृत्व लिनुपर्छ।