कथा – यथार्थ प्रेम

उमाकान्त पाखरेल
” खुला अाकाश मुनि उन्मुक्त जीवन वाँच्ने रहर कसलाई हुँदैन र…! तर भाविकाे लेख भन्छन् -सबैकाे भग्य एकै कीसिमकाे कहाँ हुन्छ…!सिमल चौरमा भेला भई हामीले विताएकाे समयकाे पलहरुलाई हामी छुट्टिए पनि पछी सम्झना त रख्छौ नि हैन ?

देविकाले अाफ्ना साथीहरु जाे उ सँगै भेला भएका थिए सबैलाई याे कुरा भनेपछी सबैले एकै स्वरमा स्विकाराेक्ती जनाउछन् किनकी कथा सुनाउने पालाे अाज देविकाकै थियाे । उनकाे कथा अरुकाे भन्दा केही पृथक , फरक र सुन्न लायकका हुने भएकाले भेला भएका सबैजना बढाे उत्सुकताका साथ सुन्न व्यग्र थिए। देविका भन्दै गई- “कथा हाे अाखिर जहाँबाट जसरी शुरु गर्दा नि हुन्छ तर अाजकाे चाहिँ केही भिन्न कीसिमकाे छ ” अाज म जुन कथा सुनाउन गै रहेकी छु, त्याे एक वास्तविक प्रेम कथा हाे , जाे हरेक व्याक्तिकाे जीवनसँग सम्बन्ध राख्दछ। ”
उपस्थित् सबै मौन छन्, उ भन्दै गई “याे कथा मलाई मेरी हजुरअामाले वहाँकाे जीवन छँदै मलाई सुनाउनु भा थ्याे , ” वहाँ अाज यस धर्तीमा नभए नि कथा म मा जीवित छाेडी जानू भा छ , त्यही कथा अाज म तिमीहरुलाई सुनाउँछु……
” धेरै समय पहिला , एक पंक्षी थियाे। उसका दुई वटा श्रेष्ठ मतलव सुन्दर प्वाँख थिए, अालिसान, रंगीन सुन्दर रंगले सुसज्जित। त्याे यस्ताे जीव थियाे जुन स्वतन्त्र , मुक्त रुपले अाकाश गंगामा उड्दथ्याे। जसले पनि उसलाई देख्दथे प्रसन्नताले अात्मविभाेर हुन्थे।
एकदिनकाे कुरा हाे, सँधै झैं त्याे पंक्षी अाकाशमा एक्लै स्वतन्त्र रुपले उडी रहेकाे थियाे । एक युवतीले त्यस पंक्षीलाई स्वतन्त्र अनि उन्मुक्त तरिकाले उडी रहेकाे देखिन् त्यसपछी क्रमश ती युवतीकाे त्यस पंक्षी प्रति एक अनाौठाे चाहाना पैदा भयाे, उनी त्यस पंक्षी प्रती अाकर्षित भईन,त्यस पंक्षीकाे स्वतन्त्रता प्रति एक अनौठाे ईर्ष्या पैदा भयाे, तिनकाे मनमा। जब त्याे पंक्षी उडेकाे देख्दथीन् उनकाे धड्कन जाेड-जाेडले कम्पायमान् हुन्थ्याे, दुवै अाँखा राेमान्चित हुन्थे, क्रमश : पंक्षी प्रतिकाे माेहले उनमा त्यस पंक्षीसंग खुल्ला अाकाशमा संगै उडने ईच्छा जागृत हुन्थ्याे, उनले पंक्षीलाई निमन्त्रणा दिईन र त्यसपछी दुवै स्वतन्त्र, दाेषहिन रुपले अाकाशमा सँगै उडन थाले। उनले पंक्षीलाई स्वीकृत दिईन, सम्मानित गरिन् र दुवैले उत्सव मनाए।
त्याे पंक्षीले एक दिन कुनै टाढा सुन्दर पहाडमा यात्रा गर्ने चाहना गर्याे, तब युवती डराईन यसकारणले कि त्याे पंक्षी जवान हुनुका साथै अत्यन्त सुन्दर पनि थियाे। उनलाई पंक्षीकाे जवानी र सुन्दरता प्रती ईर्ष्या, डाह पैदा भयाे यस मानेमाकी उसमा धेरै टाढा-टाढासम्म उडान भर्ने क्षमता थियाे र टाढा जाँदा कही अन्य युवतीले उस प्रती अाँखा लगाउने पाे हुनकी, याे कुराले उनी भयवित हुन्थिन।
त्याे सम्झेर उनमा भाेलिकाे एक्लाे पनले सताउथ्याे।
त्यसपछी अर्काे दिन, उनले साेचिन , अब म एक जाल विछ्याँउछु, अर्काे पटक अाउँदा त्याे पंक्षी मेराे जालमा पर्नेछ र फेरि कहिल्यै मलाई छाेडेर जाने छैन, सँधै मेराे हुनेछ।
पंक्षीकाे पनि ति युवतीसँग प्रेम हुन थालेकाे थियाे।
अर्काे दिन , संधै झै पंक्षी उडेर अायाे ,युवतीले अाेछ्याएकाे जालमा फस्याे , युवतीले पंक्षीलाई अाफ्नाे पिँजडामा राखिन्।
अब, उनी हर दिन त्याे पंक्षीलाई हेर्थिन, पंक्षी अब उनकाे साथ थियाे। उनकाे हर्षले सीमा नाघ्याे ,उनले एकदिन त्याे पंक्षी अाफ्ना साथिहरुलाई देखाईन्,उनका साथीहरुले त्याे देखेर भने ” तिमी कति भाग्यवान छाै , अब तिमिसँग त्याे सबै चिज छन् जसमा तिम्राे चाहना र ईच्छा थियाे।”
फेरि केही वर्ष दुवैले सँगै साथ विताए पछी युवतीमा केही समय पश्चात् एक अनौठाे परिवर्तन देखिन थाल्याे : अब, जवकी पंक्षी उनैकाे साथ थियाे,उनले त्यसलाई लाेभ्याउने , जालमा पार्ने कुनै काम गर्नु पर्दैन थियाे।
क्रमश: युवतीमा अब त्याे पंक्षी प्रती बिस्तारै अरुची पैदा हुन थाल्याे। त्याे पंक्षी अहिले पनि स्वतन्त्र पुर्वक खुला, सुन्दर अाकाशमा मुक्त उडान भर्न चाहन्थ्याे, तर अाफ्नाे जीवनकाे अपुराे ईच्छा साँचाे अर्थमा तिनलाई वताउन असमर्थ थियाे,किनकी उ कसैकाे पिंजडामा थुनिएकाे छ, उसका ईच्छा अाकांक्षा सबै पिंजडामा बन्धित छन्,त्यसपछी क्रमश : उ शीथिल भै मुर्झाउन थाल्याे, उसकाे प्वाँखकाे चमक, सुन्दरता पनि समय सँगै क्रमश : धुमिल् हुँदै गई बिस्तारै रुग्ण र कुरुप हुँदै गए। उ वृद्ध भयाे, अब ती युवतीकाे पंक्षी प्रतीकाे चाहना कम भई युवतीले पंक्षी प्रती ध्यान दिन छाडिन , केवल उसलाई विहान-वेलुका चाराे दिनु अनि कहिलेकाही उसकाे पिंजडा सफा गर्नेमा मात्र उनकाे रुचि सीमित हुन थाल्याे।
एकदिन पंक्षी मर्याे। ती युवती दु:खित् भईन् , उनी सारा दिन उसैकाे बारेमा साेचेर अाफ्ना बाँकी दिन विताउन थालिन्। अब उनलाई त्याे पिँजडा याद रहेन। उनी उहीँ पुराना वितेका दिनकाे कल्पनामा हराउन थालिन् जब उनले पहलाे पटक पंक्षीलाई स्वतन्त्र पुर्वक खुल्ला अाकाशमा एक्लै सन्तुष्ट, मुक्त उडान भरदै उड्दै गरेकाे देखेकी थिईन्।
यदी उनले अाफ्नाे भित्री अन्तष्करणकाे गहिराईमा झाँकेकी भए उनलाई थाहा हुन्थ्याे कि पंक्षीकााे जुन कुराले उनलाई राेमान्चित गर्थ्याे , त्याे थियाे उसकाे स्वछन्दता र स्वतन्त्रता न कि उसकाे भौतिक शरीर।
पंक्षी विना उनकाे जीवन पनि एक्लाे र अर्थ हिन हुन थाल्याे अनि एकदिन मृत्युले उनकाे चौखटमा दस्तक दियाे।
” तिमी किन अाएकाे ” ? उनले मृत्युलाई साेधिन्।
” किनकी तिमी एकपटक फेरि उ सँग खुल्ला अाकाशमा स्वतन्त्र रुपले उडान भर्न सक। यदी तिमीले उसलाई स्वतन्त्र रुपले अाउन , जान र अाकाशमा मुक्त उडान भर्नबाट नराेकेकाे भए तिमी सायद उसँग याे भन्दा अधिक प्रेम गर्न सक्ने थियौ , तिमी उसकाे सराहनाकाे पात्र वन्ने थियौ। उफ….! त्यसैले तिमिले उसलाई पून: प्राप्त गर्नकाे निमित्त तिमिलाई अब मेराे अावश्यकता छ।” मृत्युले जवाफ दियाे।”
भद्रपुर-१०. झापा।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →