काठमाडौँ, चैत ३१ गते । रामबहादुर थापा ‘बादल’ले पोखरामा आईतबार आयोजित एक कार्यक्रममा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसंग हतियार हुनसक्ने आशंका गर्दै निगरानी गर्न सुरक्षा
निकायका प्रमुखहरुलाई निर्देशन दिएपछि त्यहाँ उपस्थित पत्रकारको डायरी र मोबाइल क्यामरा जफत गरिएको छ।
पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यस्तो कुरा बताएपछि सेतोपाटी डट कमका पोखरा सम्बाददाता युवराज श्रेष्ठको भिडियो क्यामरा त्यहाँ उपस्थित सुरक्षाकर्मीले जफत गरेका हुन्।
पत्रकार श्रेष्ठले आइतबार साँझ फेसबुकमा एक स्टाटस लेख्दै प्रहरीले आफ्नो भिडियो क्यामरा जफत गरेको कुरा उल्लेख गरेका छन्। उनले आफ्नो स्टाटसमा गृहमन्त्री थापा प्रमुख अतिथि रहेको कार्यक्रममा आफु निर्वाद प्रवेश गरेको भएपनि १९ मिनेट पछि प्रहरी अधिकृतले आफुलाई बोलाएर मोबाइल र डायरी नियन्त्रणमा लिएको कुरा उल्लेख गरेका छन्। त्यसपछि ती अधिकृतले “गृहमन्त्रीको भाषण रेकर्ड डिलिट गर्न लगाएको र डायरी च्यातिदिएको” तथ्य उजागर गर्दै पत्रकार श्रेष्ठले आफुलाई ती प्रहरी अधिकृतले मोबाइल र डायरी छोडेर बाहिर निस्कन नदिएको आरोप पनि लगाएका छन्।
पछि समाचार टिपोट गरिएको पाना च्यातेर डायरी दिनुको साथै गृहमन्त्री बोलेको फाइल रिसाकल बिनबाट पनि हटाउन लगाएर आफुलाई छाडेको उनले आफ्नो स्टाटसमा खुलाएका छन्। “भित्र जान नपाइने हो भने बाहिरै रोक्नुपर्छ नि । कसैले छापछुम पनि गरेनन् ।” स्टाटसमा उनले आक्रोश पनि पोखेका छन्।
पत्रकार युवराज श्रेष्ठले सेतोपाटी डट कममा लेखेको समाचार अनुसार, पाेखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्री थापाले विप्लव समूहको गतिविधि निगरानीमा राख्नुपर्ने बताएका थिए । उनले अघि भनेका थिए, “‘विप्लव समूहसँग हतियार हुन सक्छ, राज्यलाई बुझाएका छैनन्’, उनले भने, ‘उक्त समूहलाई निगरानीमा राख्नुपर्छ।’ अद्यापि उनले यसअघि सुरक्षा गोष्ठीहरूमा सुरक्षा चुनौतीका रूपमा विप्लव समूह र सिके राउतको समूह अगाडि आउने गरे पनि उनीहरू शान्तिपूर्ण राजनीतिमा आएकाले सुरक्षा चुनौतीका रूपमा देखा नपरेको बताएका थिए ।