काठमाडौँ, चैत ३१ गते । मुलुकभर देखिएको कोरोनाको सं’क्रमणलाई ख्याल गर्दै ज’नस्वास्थ्यका नयाँ मा’पदण्ड जारी गरेको छ ।
कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जो’खिम नि’म्त्याएको ठ’हर गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले जनस्वास्थ्यका नयाँ ’मापदण्ड जारी गर्ने निर्णय गरेको हो ।
नयाँ मा’पदण्ड जारी गरेसँगै सार्वजनिक सरोकारका क्षेत्रले अ’पनाउनुपर्ने नियमहरुको बारेमा समेत सरकारले सार्वजनिकरुपमा देशवासीलाई अ’पिल गर्ने भएको छ । त्यसका लागि मंगलबार उपप्रधानमन्त्री एंव को’भिड सं’कट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक ईश्वर पोखरेलले देशबासीसँग अ’पिल गर्ने भएका छन् ।
बैठकमा सीसीएमसीले शै’क्षिक संस्था तीन साता ब’न्द गर्न प्रस्ताव गरेको विषयमा छलफल भएपनि तत्काल कुनै निर्णय भएको छैन । यसविषयमा आगामी अवस्था हेरेर थप निर्णय गरिने तर हाललाई कुनै त्यस्तो निर्णय नभएको एक मन्त्रीले जानकारी दिनुभयो ।
सीसीएमसीले शैक्षिक संस्था तीन साता ब’न्द गर्न प्रस्ताव गरेको थियो ।यूके भे’रिएन्ट फैलिएको र जो’खिम बढेको परिस्थिती आं’कलनसहितको छलफल मन्त्रिपरिषद्मा भएको थियो । तर, तत्काल ल’कडाउन गरिहाल्ने र शैक्षिक संस्था लगायतका कुनै क्षेत्र बन्द गर्ने निष्कर्षमा सरकार पुगिसकेको छैन ।
संक्रमणको परिस्थिती हेरेर सरकारले निर्णय लिने भएको छ । दोस्रो लहरमा बालबालिका बढी संक्रमित भएकाले शैक्षिक संस्था ब’न्द गर्न द’बाब भएपनि सरकारले सरोकारवालासँग छ’लफल गरेपछि मात्र यसबारे नि’र्णय लिने भएको छ ।