नेपाल ट्रष्टले प्रहरी लगाएर काठमाडौं प्लाजा खाली गर्ने

काठमाडौँ, चैत ३१ गते । सकिएको डेढ वर्ष वितिसक्दा पनि ठेकेदार कम्पनीले काठमाडौ प्लाजा खाली नगरेपछि अब नेपाल ट्रष्टले प्रहरी लगाएर काठमाडौं प्लाजा खाली गराउने भएको छ। ठेक्का लिएको कम्पनीले अटेर गरेपछि अब प्रहरी परिचालन गर्न लागेको नेपाल ट्रष्टले जनाएको छ ।

पटक पटक गरेको आग्रह नमानेपछि यस्तो निर्णय लिइएको ट्रष्टका कार्यकारी सचिव सुरेश आचार्यले बताए। ठेकेदार कम्पनीले कमलादीस्थित प्लाजा २७ वर्षको लिज ठेक्का लिएको थियो । तर सम्झौता अवधि सकिएको डेढ वर्ष वितिसकेको छ । कन्सेप्ट डेभलपर्स प्रा।लि।ले अटार गर्दै आएका कारण अब प्रहरी लगाएर खाली गर्न लागिएको हो ।

‘वैशाख २ गते प्रहरी लगाएर बलपूर्वक प्लाजा खाली गराउने निर्णय ट्रष्टले गरेको छ । कम्पनीलाई प्लाजा खाली गराउन गत असार, कात्तिक र अन्तिमपटक हालसालै सूचना निकालेर समय दिइएको थियो। अन्तिमपटक जारी गरेको सूचनाको मिति पनि सकिएको छ ।

निकै सस्तोमा २०५२ सालमा उक्त कम्पनीले प्लाजा लिजमा लिएको थियो। त्यसबेला उक्त प्लाजा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको नाममा थियो। पछि २०६४ सालमा राजामहाराजाको जग्गा सरकारीकरण गर्न ट्रष्ट गठन भएयता भाडा ट्रष्टले उठाउँदै आएको थियो।

भाडादर एकदमै सस्तो रहेका कारण ट्रष्टले उक्त कम्पनीसँगको ठेक्का सम्झौता नवीकरण नगर्ने र प्रहरी लगाएर खाली गराउने भएको हो । २०७७ असार १ गतेको ट्रष्टको बैठकले उक्त कम्पनीसँग सहकार्य तोड्ने र काठमाडौं महानगरपालिकासँग नयाँ सम्झौता गर्ने निर्णय गर्दै मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

काठमाडौं महानगरपालिका मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा बुझाउने सर्तमा प्लाजा लिने प्रक्रियामा भएका कारण प्लाजा खाली गराउन लागिएको हो । समय सकिएको अवधिदेखि १० महिना कम्पनीले भाडा समेत ट्रष्टले लिएको छैन । यो अवधिको भाडा झन्डै ६० करोड ५० लाख रुपैयाँ पनि उठाउने आचार्यले बताएका छन् ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →