काठमाडौँ, ५ बैशाख । बार्सिलोनाले स्पानिस कोपा डेल रेको फुटबलको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा मेसीको दुई गोल मद्दतमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई ४-० ले पराजित गर्दै उपाधि जितेको हो । एन्टोनी ग्रीज्मन र फ्रेन्की डे जोङले एक-एक गोल गरे ।
बार्सिलोनाले कीर्तिमानी ३१ औं पटक कोपा डेल रे को उपाधि जितेको हो । बिल्बाओ भने लगातार दोस्रो पटक उपविजेतामा सीमित भएको छ । २०१९-२० को कोपा डेल रेको फाइनलमा बिल्बाओ रियल सोसिडाडसँग १-० ले पराजित भएको थियो ।