ओलीले सांसद पदबाट हटाए अदालत जान्छौं : राकुमारी झाँक्री

काठमाडौं बैशाख ८ गते । एमालेकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले पार्टीले सांसद पदबाट हटाउनेगरी कारबाही गरे अदालत जाने बताउनुभएको छ ।

पार्टीले स्पष्टीकरण सोधेपछि नेता माधवकुमार नेपाल पक्षीय सांसदहरु मंगलबार काठमाडौंको बानेश्वरमा आकस्मिक रुपमा भेला भई छलफल गरेपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेतृ झाँक्रीले अवैधानिक तरिकाले बसेको बैठकको निर्णय अनुसार स्पष्टीकरण सोधिएको र सोही अनुसार कारबाही गरे राजनीतिक, वैधानिक र कानूनी लगाई लडने बताउनु भएको हो ।

पार्टीबाट सांसद पद हट्नेगरी कारबाही गरिए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदै नेतृ झाँक्रीले अदालतमा जाने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्दा त्यसविरुद्ध अदालत गएर सच्याएको बताउँदै आफूहरुमाथि कारबाही भए त्यसको विरुद्धमा पनि अदालत जाने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी संसदीय दलभित्र लडछौं, अदालतसम्म पुग्छौं किनभने प्रतिनिधिसभा पुनस्थापनाको मुद्दापनि हामी अदालतमा गएर प्रधानमन्त्रीको प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेजी गराएको हो नी त ।’

नेतृ झाँक्रीले स्पष्टीकरण सोधिएपछि जवाफ नदिएमा आफ्नो प्रतिरक्षा नगरेको हुने भएपछि कानून र संविधान अनुसार स्पष्टीकरण दिनुपर्छ भन्ने भएकाले सबै सांसदले व्यत्तिगत तवरबाट जवाफ पठाउने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कुनै यो स्पष्टीकरण दिन लायक स्पष्टीकरण होइन । तर हामी स्पष्टीकरण दिएनौं भने हामीले आफ्नो प्रतिरक्षा नगरेको हुन्छ । त्यसकारण कानुनतः, संविधानतः हामीले स्पष्टीकरण दिनुपर्छ भन्ने हाम्रो सल्लाह भएको छ ।’

नेतृ झाँक्रीले आफूहरुले २०७५ जेठ ३ गते अगाडिको नेकपा एमालेलाई चिन्ने तर गत फागुन २८ गते थपिएका जम्बोरी मान्छे सहितको नेकपा एमाले नचिन्ने पनि बताउनुभयो ।

नेतृ झाँक्रीले नयाँ दल गठन गर्ने आफूहरुको कुनै मनसाय नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →