श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको ८ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको २१ तारिख, बुधवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् ।
कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको नवमी तिथि बेलुका ७।२७ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मीन राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । अश्लेषा नक्षत्र राति ३।४५ बजेसम्म रहनेछन् । यसैगरी आज शूल योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।३६ मा छ भने सूर्यास्त बेलुका ६।३१ बजे हुनेछ । चन्द्रमा आज कर्कट राशिमा रहेका छन् ।
आज श्रीरामनवमीपर्व हो । चैत्रशुक्लपक्षको नवमीमा श्रीरामनवमी पर्व पर्ने गर्दछ । यसै दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानीकौशल्याका गर्भबाट मर्यादापुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्म भएको थियो । जुनवेला पुनर्वसु नक्षत्र एवं कर्कट लग्न अभिजितमुहूत्र्त परेको थियो । पूर्ण अवतारका रूपमा श्रीरामको जन्मभएको पवन अवसरमा व्रत उपासनाका साथै भगवान्का लीला चरित्रको गान गरिन्छ ।
राम शब्दको अर्थ हुन्छ खुशी वा प्रसन्न भन्ने हुन्छ । भगवान् श्रीरामले पनि लोकलाई खुशी पार्ने कार्य गनुृभएकाले लोकको नामसँग पनि यो तिथिले विशेष अर्थ राख्ने गर्दछ । सीताराम शब्द र नवमी तिथिले पनि विशेष पूर्णताको अर्थ द्योतन गर्दछन् । यसैपनि ९ पूर्णअङ्क हो । त्यसैले यो संसारमा पूर्णता प्रदान गर्नाका निम्ति भगवान्को अवतार भएको हो । किनकि माता जानकी पनि नवमी तिथिकै दिन प्रादुर्भाग हुनुभएको हो ।
चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने कुरा ‘गाग्र्यतन्त्र’ उल्लेख पाइन्छ । यसैगरी नवमीका दिन प्रातः स्नान गरी पवित्र भई प्रतिज्ञासङ्कल्पपूर्वक दीप, कलश एवं गणेशजकिो पूजा गनुृर्दछ । सोपश्चात् श्रीराम भगवान्को प्रतिमा बनाई थालीमा अष्टदल लेखी माझमा राखेर प्राणप्रतिष्ठापूर्वक आवाहन, आसन, पाद्य, अर्घ, आचमनी, पञ्चामृत, मधुपर्क, चन्दन, अक्षता पुष्पसहित षोडशोपचारले पूजा गर्नुपर्दछ ।
धूप,दपि, नैवेद्य, वस्त्र अलङ्कार पुष्पमाला आदिवस्तुले सुशोभित बनाई भगवान्का प्रत्येक अङ्गको पूजा गर्नुपर्दछ । यसरी पाउदेखि शिरसम्म पूजा पश्चात् आरती, पुष्पाञ्जलि, पूर्णपात्रादि दानका साथै भगवान्का लीला चरित्र गान एवं भजन कीर्तन गर्नुपर्दछ भनी श्ररिामनवमी व्रतउपासना विधिमा उललेख पाइन्छ ।
व्रतमध्ये उत्तम व्रतका रूपमा श्ररिामनवमीलाई लिइएको छ । यसदिनको व्रत धारण गर्नाले कुम्भिपाक आदि घोर नरकको भोग गर्नुपर्दैनभनी शास्त्रमा बताइएको छ । यसैगरी श्रीरामको सुन वा चाँदीको प्रतिमा बनाई विशेष विधिपूर्वक पूजा गरी दान गर्नाले ब्रह्महत्याजस्ता पाप पनि नष्ट हुन्छन् भनी निर्णयसिन्धुमा उल्लेख गरिएको छ ।
यसैगरी चैत्र शुक्लनवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ वास प्राप्त हुने कुरा ‘व्रतार्क’ नामक ग्रन्थको अगस्त्य संहितामा उल्लेख गरिएको छ । यसैगरी समस्तमनोकमना पूर्तिका निीम्त पनि रामनवमीको व्रतधारण गर्नसकिने फल धर्मशास्त्रमा बताइएको छ । यस अवसरमा रामगीता पाठ, अध्यात्म रामायण, तुलसीकृत रामायण र भानुभक्तीय रामायणका साथै श्रीरामचरित्रपाठ एवं भगवान्का लीलावतारका कथा श्रवण लाभदायी रहन्छन् ।