शिल्पा पोखरेलको ताकतः पतिको सम्पत्ति रोक्का, सुवेदीका कार्यक्रम निलम्बन

काठमाडौं बैशाख ८ गते । शिल्पा पोखरेलले पति छविराज ओझा र सञ्चारकर्मी प्रकाश सुवेदीलाई ‘मार’मा पारेकी छन्।

ओझासँग सम्बन्ध विच्छेदको तयारीमा रहेकी उनले अदालतमा मानाचामलसम्मको मुद्दा हाली सम्पत्ति रोक्का गराएकी छन्। यहि विषयमा सञ्चारकर्मी सुवेदीले एपी वान टेलिभिजनमा कार्यक्रम चलाएपछि उक्त कार्यक्रम निलम्बन गराउन पोखरेल सफल भएकी छन्।

उनले सुवेदीले अदालतमा विचाराधिन रहेको विषयमा कार्यक्रम चलाएर आफूलाई अप्ठ्यारोमा पारेको भन्दै टेलिभिजनको बोर्डमा उजुरी गरेकी थिइन्।

बोर्डले सुवेदीले चलाउने गरेका दुई कार्यक्रमहरू ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ निलम्बन गरेको छ। उक्त कार्यक्रम नरोके टेलिभिजनविरुद्ध नै अदालत जाने तयारी पोखरेलले गरेकी थिइन्।

सुवेदीले उक्त कार्यक्रमका लागि पोखरेललाई पनि बोलाएका थिए। तर उनी नबोल्ने भन्दै पन्छिएपछि ओझासँग अन्तरवार्ता गरेका थिए। त्यसअघि अर्को कार्यक्रम बनाएका थिए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →