अमेरिकामा मेको मध्यसम्म भ्याक्सिनको मागभन्दा आपूर्ति धेरै हुने

वैशाख १२ गते । मध्यसम्म अमेरिकामा अमेरिकनहरुले लगाउन चाहेको भन्दा धेरै कोरोनाबिरुद्धको भ्याक्सिन उपलब्ध हुने तथ्यांकले देखाएको छ । मान्छेहरुले लगाउन चाहेको भन्दा धेरै भ्याक्सिनको उपलब्धताले विज्ञहरु भने चिन्तित भएका छन् ।

अमेरिकामा ५३ प्रतिशतभन्दा धेरै १८ बर्षमाथिका बयस्कहरुले भ्याक्सिन प्राप्त गरिसकेको र ४० प्रतिशतभन्दा बढीले मेको मध्य अगाडि नै दोश्रो डोज लगाइसक्ने भएकाले मागभन्दा भ्याक्सिनको आपूर्ति बढी हुने देखिएको हो । अहिले अमेरिकाको कुल जनसंख्याको ४१ द्यशमलव ८ प्रतिशतले भ्याक्सिन लगाइसकेका छन् ।

हाल अमेरिकामा १६ बर्षभन्दा कम उमेरका व्यक्तिलाई कुनैपनि कोरोनाबिरुद्ध भ्याक्सिनका लागि स्वीकृति प्रदान गरिएको छैन । भ्याक्सिन उत्पादकहरुले १६ बर्षभन्दा मुनीका व्यक्तिमा भ्याक्सिनको प्रभावकारिताबारे अध्ययन गरिरहेका छन् भने फाइजरले १२ देखि १५ बर्षभित्रका लागि भ्याक्सिनका लागि स्वीकृति प्रदानगर्न एफडीएसमक्ष अनुरोध गरिसकेको छ । बच्चाहरुलाई भ्याक्सिन नलगाएसम्म अमेरिकालाई हर्ड इम्युनिटीमा पुग्न मुस्किल हुने विज्ञहरुले बताएका छन् । पछिल्ला दिनहरुमा अमेरिकामा भ्याक्सिन लगाउने दैनिक दरमा केही कमी आएको छ । शुक्रबार भ्याक्सिन लगाउने दैनिक औषत दर २८ लाख रहेको थियो । अप्रिल १३ मा यो दर ३३ लाख रहेको थियो

अमेरिकामा आगामी दिनमा कोरोना संक्रमणबाट मृत्युदरमा कमी हुने विभिन्न मोडलहरुले प्रक्षेपण गरेका छन् । यदि भ्याक्सिन लगाउन हिचकिचाहट भएमा यो दर बढ्नसक्ने अनुमान गरिएको छ । गतसाता अमेरिकामा कोरोना संक्रमणबाट दैनिक मृत्युदर औषतमा ७ सय ४ रहेको थियो । जोन हप्किन्सको तथ्यांक अनुशार जनवरी र फेबु्रअरीमा यो दर ३ हजारको हाराहारीमा थियो । जुन १ सम्म दैनिक मृत्युदर घटेर ४२५ मा झर्ने र अगस्त १ सम्म १ सय ५ सम्म झर्ने प्रक्षेपण गरिएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →