ढुक्क हुनुस् अब साना माछा मात्र होइन, ठूला माछा पनि समातिन्छ : अख्तियार प्रमुख आले

काठमाडौँ, वैशाख १२ गते । दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गर्ने साना ‘माछा’ मात्र नभई ठूला ‘माछा’ पनि समातिने बताएका छन्। भूमाफियालगायत ठूला पदमा बसेका जोसुकै पनि भ्रष्टाचार गरेका भए समातिने उनले बताएका हुन्।

एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिँदै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अब भ्रष्टाचार गर्ने जोसुकैलाई पनि कानुनको दायराभित्र ल्याउने दावी प्रमुख आयुक्त राईले गरेका हुन्। “सबै खालका भ्रष्टाचारीलाई समात्न आयोग सक्षम र सबल छ,” उनले भनेका छन्, “भ्रष्टाचारको न्यूनीकरणका

लागि मेरो कार्यकालमा अवश्य पनि केही ठूलो, ठोस कदम चाहिँ ल्याउँछु।” नेपाल कहिले भ्रष्टाचारबाट पूर्ण मुक्त हुन्छ भन्ने प्रश्नमा उनले यसै भनी समय किटान गर्न नसकिने तर चाँडै नै भ्रष्टाचार न्यूनीकरणमा काम गरेर देखाउने प्रतिबद्धता उनले जनाएका छन्।

ललिताा निवास प्रकरणको पनि काम अघि बढिरहेको तथा गुठी, सरकारी एवं सार्वजनिक जग्गा हडप्न खोज्ने भूमाफियाजस्ता तत्त्वलाई पनि कानुनी रूपमा कारवाहीको दायराभित्र ल्याउने उनले जनाए। यस क्रममा सानादेखि ठूला सबैलाई समान रूपमा कानुनबमोजिम सजाय दिइने उनले जनाएका छन्।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →