निर्वाचनको सम्पूर्ण परिणाम नआइसक्दै विदेशी चासाे बढ्न थाल्याे

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना नसकिँदै विदेशी चलखेल शुरु हुन थालेकाे छ । पछिल्लाे मत परिणामले नेपाली कांग्रेस नै सबैभन्दा ठूला दल हुने देखिएपछि हतार गर्दै भारतीय राजदूत नवीन श्रीवास्तवबले प्रधानमन्त्री

शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।दक्षिणी छिमेकी देशका राजदूतकाे शैलीमा उत्तरी छिमेकी देशका राजदूतले पनि अब कुनदिनमा यसैगरी प्रधानमन्त्री र दलहरुसँग भेटवार्ता गर्ने हुन त्यसकाे ट‌ंगाे छैन ।

कुनै पनि दलकाे स्पष्ट बहुमत नआउने स्पष्ट स‌केत देखिएपछि सरकार अब कसरी बन्न सक्छ त? भन्ने बारेमा चासाे राख्दै राजदूत श्रीवास्तवब सम्भावित समिकरणका बारेमा बुझ्न बालुवाटार पुगेकाे दावी गरिएकाे छ । सरकारकाे बारेमा स्पष्ट नभईसकेकाे अवस्थामा राजदूत श्रीवास्तवले गरेकाे भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बालुवाटार स्राेतका अनुसार भेटमा भारतीय राजदूत श्रीवास्तवले नयाँ सरकार गठनबारे प्रधानमन्त्री देउवासमक्ष चासो राखेका थिए । प्रधानमन्त्री देउवाले सबै परिणाम नआइसकेकाले अहिले नै त्यसबारे कुनै छलफल नभएको भनेर जवाफ दिएकाे स्राेतले बताएकाे छ ।

भेटघाट नियमित प्रकृतिको भएको र समसामयिक विषयमा छलफल भएकाे भनिए पनि सरकार निर्माणकाे चरणमा रहेका भेलामा राजदूतले प्रधानमन्त्रीसँग गरेकाे भेटलाई चासाेका साथ हेरिएकाे छ । चुनावअघि आचारसंहिताका कारण कूटनीतिक वृत्तसँग भेट हुन सकेको र अहिले मतदान सकिएपछि भेट भएको दावी गरिएकाे छ ।भेटका सम्बन्धमा नेपाल भारत सम्बन्ध, समसामयिक विषयमा छलफल भएको हुनसक्छ ।

देउवा र श्रीवास्तबीच करिब ४५ मिनेट ‘वान टू वान’ छलफल भएको थियो । ।यद्यपी भेटमा चुनावी परिणाम र आगामी सरकार गठनका लागि बन्नसक्ने समीकरणका विषयमा छलफल भएको दावी गरिएकाे छ । राजदूतसँग भेट भएलगत्तै प्रधानमन्त्री देउवा र सत्ता गठबन्धन दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएकाे थियाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको बताइएकाे छ । सत्तारुढ गठबन्धनमा रहेका दलहरुबीचको सहकार्यलाई निरन्तरता दिने गरी छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →