नेपाल प्रहरीका आठ जना डिआइजीको सरुवा

काठमाडौँ, मङ्सिर २८ गते । नेपाल प्रहरीका १० डीआईजीको सरुवा भएको छ ।

गृह मन्त्रालयले बिहीबार मन्त्रीस्तरीय निर्णय अनुसार दश डीआईजीको सरुवा गरेको हो । डिआईजीको सरुवासँगै चार प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् ।

कोशी प्रदेशका लागि डीआईजी राजन अधिकारी, लुम्बिनीका लागि दानबहादुर कार्की, गण्डकीका लागि भोलाबहादुर रावल तथा सुदूरपश्चिमका लागि गणेश चन्दलाई खटाइएको छ ।

विशेष ब्यूरोको प्रमुखमा डीआईजी शिद्धिबिक्रम शाहलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →