तनहुँ, पुस २५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले संस्कृति र पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।
तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार एकाइको सहआयोजनामा तनहुँको सदरमुकाम दमौलीमा बिहीबारबाट सुरु भएको नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले सो कुरा बताउनुभएको हो ।
नेपाल सुन्दर देश र संस्कृतिको धनी भएकाले पर्यटकलाई आकर्षित गरी रोजगारी सिर्जना गर्न सकिने हुँदा सबै मिलेर प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासका लागि वर्तमान सरकार जुटिरहेको उल्लेख गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले नीजि यस्ता स्तरले समेत लगानी गर्न आवश्यक रहेको बताउनुभयो ।