भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लागत र एजेन्ट व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेका छन् ।

सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लागतको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका हुन् ।

सरकारले म्यानपावरको एजेन्ट खारेजी, शून्य लागत र वित्तीय कारोबारमा औपचारिक माध्यम अनिवार्य गरेपछि केही व्यवसायी जसरी पनि श्रमिकसँग पैसा असुल्ने दाउमा लागेको पाइएको छ ।

गुल्मी रेसुंगाका अनिल विक, सन्दीप विक, दीपकबहादुर सुनार र बराह नगरपालिका सुनसरीका सन्तोस विष्टसँग मलेसियाको साउदी अरबको प्लास्टिक कम्पनीमा रोजगारीमा जान महाराजगञ्ज काठमाडौंस्थित लाइफ इन्टरनेसनल ओभरसिजले ४ लाख ५० हजारभन्दा बढी रकम असुलेको पाइएको छ ।

सो म्यानपावरका जनसम्पर्क अधिकृत दानबहादुर सामैलाई युवाहरुसँग सम्पर्क गरेर रकम लिएको वैदेशिक रोजगार विभागले जनाएको छ । ठीक डेढ महिनाअघि नोभेम्बर ३ मा सो मलेसियन कम्पनीबाट नेपाल र मलेसियाबीचको पछिल्लो श्रम सम्झौता बमोजिम फ्रि भिसा फ्रि टिकटअन्तर्गतको मागपत्र बमोजिम उनीहरुलाई मलेसिया पठाइँदै थियो ।

उक्त कम्पनीमा ५० जना कामदारको माग भएकोमा यीसहित ३६ जनाले श्रम स्वीकृति लिएको देखिएको छ । यी चारजनासँग ४ लाख ५० हजार लिँदै गरेको अवस्थामा विभागले फेला पारेपछि तोकेभन्दा बढी शुल्क लिइएको देखिएको हो ।

यी चार जनाको छनोट प्रक्रिया सो म्यानपावरमा भएको श्रम स्विकृति विन रिक्रुटम्यानटबाट निकालिएको थियो । यसरी प्रक्रिया एक म्यानपावर र श्रम स्वीकृति अर्कोबाट निकाल्नु नै अवैध मानिन्छ । कारोबार दैनिकमा खबर छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →