तनहुँमा १ अर्ब १३ करोड खर्च हुन सकेन

दमौली साउन ४ गते । अन्तिम समयमा बजेट आउँदा खर्च हुन नसकेर तनहुँबाट एक अर्ब १३ करोड ४३ लाख रुपैयाँ बजेट फिर्ता भएको छ। फिर्ता हुने बजेटमा ठूलो हिस्सा संघ र बाँकी सरकारको छ।

प्रतिशतका आधारमा प्रदेश सरकारको धेरै बजेट खर्च हुन नसकेको देखिएको छ।

कोष तथा लेखा नियन्त्रक विष्णुहरि वाग्लेका अनुसार गत आर्थिक वर्ष संघ सरकारबाट प्राप्त चालुतर्फको २१ करोड ८७ लाख ५२ हजार रुपैयाँ खर्च हुन सकेन। यसैगरी संघ सरकारबाटै प्राप्त पुँजीगततर्फको २७ करोड २५ लाख ८७ हजार रुपैयाँ खर्च नभै फिर्ता गएको छ। संघ सरकारको चालु र पुँजीगत गरी ४९ करोड ७ लाख ३३ हजार रुपैयाँ बजेट फिर्ता भएको छ।

तनहुँमा प्रदेश सरकारबाट जिल्लामा आएको चालुतर्फ ६२ करोड २७ लाख ७८ हजार चार सय ७५ मध्ये ४९ करोड ९३ लाख २६ हजार नौ सय ७० रकम खर्च भए पनि १२ करोड ३४ लाख ५१ हजार पाँच सय चार रुपैयाँ भने खर्च हुन नसकी फिर्ता भएको छ।

आव ०७४/०७५ को तुलनामा आव ०७५/०७६ मा बढी बजेट फिर्ता भएको देखिएको छ। आव ०७४/०७५ मा तनहुँ बाट ८१ करोड १३ लाख ६७ हजार १२ रुपैयाँ खर्च नहुँदा फिर्ता भएको थियो।

असारमा २४ प्रतिशत खर्च

कार्यालयको तथ्यांकले असारमा कुल बजेटको २४.२७ प्रतिशत खर्च भएको देखाएको छ। असार महिनामा मात्र ३६ करोड ६५ लाख ५४ हजार रुपैयाँ बजेट खर्च भएको थियो। असार महिनामा मात्र १२ करोड रुपैयाँ बजेट जिल्लामा आएको कार्यालयको तथ्यांकमा उल्लेख छ। अन्तिम समयमा आएका बजेटको धेरै हिस्सा खर्च हुन नसकेको कोष नियन्त्रक वाग्लेले बताए।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →

Leave a Reply

Your email address will not be published. Required fields are marked *