भत्कीए छाउपडी गोठ :महिनावारी वार्ने घर

काठमाडौँ, पुस १९ गते । सामाजिक कुरितिका रुपमा रहेको छाउपडी गोठ भत्काउन कैलालीमा प्रहरी सक्रिय भएको छ ।

छाउपडी गोठमा ज्यानै जाने र अन्य अपराधका घटना समेत हुन थालेपछि प्रहरी आफैं गोठ भत्काउन सक्रिय भएको हो ।

सोमबार समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला कैलाली गोदावरी नगरपालिका वडा नं. १२ कोल्मुडा, कटानलगायतका क्षेत्रमा ४७ वटा छाउगोठ प्रहरीले भत्काएको छ । अन्य स्थानमा रहेका छाउगोठसमेत भत्काउने डीएसपी विष्टले बताए ।

सुदूरपश्चिमका पहाडी जिल्लामा महिनावारी हुँदा घरभन्दा पर छुट्टै छाउगोठमा पाँच दिनसम्म राख्ने गरिन्छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →