मोबाईल कण्डम : एक अनौठो कण्डम

के तपाई कही कतै जादा वा मोबाईलको चार्जर देखिने बित्तिकै आफ्नो फोन चार्ज गर्र्नु हुन्छ ? हामि मध्ये धेरैको बानि हुन्छ जहा चाजर्र देख्यो चार्जमा राखि हाल्ने । इन्टरनेटको अत्यधिक प्रयोग गर्ने जो कोही पनि चार्जर देख्ने बित्तिकै लालयीत हुने गर्छ । तर यसो गर्दा मोबाइललाई कति क्षती पर्न जान्छ हामी त्यस बारेमा सोच्दैनौ ।

यसरी जहा पायो त्यही चार्ज गर्नु मोबाईलको शुरक्षााका हिसावले अत्यन्त अशुरक्षीत हुन्छ । साथै त्यस्ता चार्जर पोर्टहरुमा ह्याकरहरुले मोबाईलको डाटा समेत चोरी गर्न सक्ने शुक्ष्म उपकरणहरु राखेका हुन्छन् । साथै मोबाईलको ब्याटीसमेत ध्वस्त पारीदिन्छन् ।

यहि खतराले गर्दा अमेरीकाले अहिले टेक्नोलाजी बजारमा मोबाईल कण्डमको उत्पादन थालेको छ । जुन कण्डमले हाम्रो मोबाईको शुरक्षा कवचको रुपमा काम गर्नसक्छ । यस्तो कण्डमलाई बैज्ञानीकहरुले युयसवि कण्डोम भनेर उत्पादन गरेका छन् ।

युयसवि कण्डोमले पोर्ट र मोबाईलको चिप बिच सिधा सम्पर्क हुन नदिई चार्ज भने गर्न दिन्छ ।
अमेरिकी बजारमा यसको मूल्य १० डलरको हाराहारीमा छ भने भारतमा ५०० देखी १००० रुपैयासम्म अनलाईन अर्डर गर्न सकिने बिबिसि इण्डीयाले लेखेको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →