नेपाल टेलिकम : मोबाइल सेवाको सिस्टम अपग्रेड

नेपाल टेलिकमले स्तरोन्नतिबाट कम्पनीको जिएसएम 2G/3G/4G अन्तर्गतका डाटा सेवा ग्राहक वर्गका लागि थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास लिएको छ । नेपाल टेलिकमले मोबाइल सेवाको सिस्टम अपग्रेड गरेको जनाएको छ ।

कम्पनीले डाटा सेवाका लागि विगतदेखि सञ्चालन गरिरहेको पिसिआरएफ सिस्टमबाट जिएसएम प्रविधिअन्तर्गतको वायरलेस डाटा सेवाका लागि नयाँ पिसिआरएफ सिस्टम जडान गरी स्तरोन्नति गरेको टेलिकमका प्रवक्ताले जानकारी दिएका छन् ।

पिसिआरएफ सिस्टमलाई स्तरोन्नति गरेपश्चात् सेवाग्राहीले उच्च गतिमा डाटा सेवा सहज रूपमा प्रयोग गर्न सक्ने कम्पनीले दाबी गरेकोछ । यसबाट डाटाको स्पिड बढ्नुका साथै डाटा चलाउँदै गर्दा प्याकेजको रकम ८० प्रतिशत सकिएमा र सबै प्याकेज सकिन लागेमा सेवाग्राहीले अलर्ट मेसेज पनि प्राप्त गर्नेछन् । स्तरोन्नतिबाट कम्पनीको जिएसएम 2G/3G/4Gअन्तर्गतका डाटा सेवा थप प्रभावकारी र आकर्षक हुने कम्पनीको विश्वास लिएको छ ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →