चाहे जलयात्रा होस् वा हवाई यात्रा । चाहे सडक यात्रा नै किन नहोस् ।हरेक सवारी साधनमा चालक आवश्यक हुन्छ । चालकबिना सवारी साधन चल्दैन । तर यदि कोहि चालक यात्रु भरीएको सवारीबाट हामफाले भने के होला ?
म्यानमारमा एउटा पानीजहाजका क्याप्टेन पानीमा हाम फालेको घटना अहिले सर्वत्र चर्चामा छ । म्यानमारको डाला पोर्टमा खचाखच यात्रुले भरिएको पानिजहाजबाट सोहि जहाजका क्याप्टेन अचानक पानिमा हाम फाले ।
६० वर्षीय क्याप्टेन यु मेइन्ट एइले जहाजबाट ४० फिट तल नदीमा हाम फालेका हुन् । तर उनी यसरी पानिमा हाम फाल्नुको कारण भने निकै रोचक एवम् मार्मिक छ । खासमा उनी पानीजहाज लिएर डाला पोर्टबाट प्रस्थान गर्ने क्रममा थिए ।
यतिकैमा एक महिला अचानक जहाजबाट पानीमा खसिन् । महिला खसेकै ठाउँ तर्फ अर्को जहाज आउँदै थियो । यदि तत्काल उनलाई उद्धार नगरिएको भए ति महिलाको ज्यान जान सक्थ्यो ।
त्यसैले डुब्न लागेकी महिलालाई बचाउनका क्याप्टेन यु पानीजहाजबाट हाम फाले ।क्याप्टेन यु विगत ४० वर्षदेखि जहाजमा काम गर्दै आएका छन् । यस क्रममा उनले सयौंलाई बचाइसकेका छन् ।
उनी भन्छन्, अब म मरे भने पनि फरक पर्दैन, म बुढो भए । तर अकालमा कोहि युवा नमरुन् । त्यही सोचेर म जहाजबाट हाम फालेको थिएँ ।उद्धारपछि ती महिलालाई स्थानीय अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य रहेको छ ।