आजको मौसम : मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

काठमान्डौ, चैत्र २८ गते | शुक्रबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम बुलेटिनमा हाल देशका पश्चिमी भू-भाग तथा पहाडी भू-भागका थोरै स्थानमा आँशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति देशको पश्चिमी भू-भागमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको जारी बुलेटिनमा उल्लेख छ।

महाशाखाले देशको पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ |

शनिबार देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। मध्य तथा पश्चिमी पहाडी भू-भागमा अपरान्हपछि सामान्य बदली भई एक-दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आइतबार देशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →