कविता :- माया

हरिलाल शर्मा

मी रुनेँ पल्लो घर म त वल्लो घर
कोठा खाली भएको छ भन्थे तल्लो घर

लुकि-छिपी कती हिड्ने तिमीहामी फेरि
डेरा मिलाई सरौँ न त हामी तल्लो घर।?

एक महिनामै तिम्रो हाम्रो कस्तो माया बस्यो
लुकि-छिपी गर्नुपर्ने चोरे जस्तो माया बस्यो
एकसाथ जिउने कसम खाँदा डराएर भाग्नु पर्ने
कुकुरको खेल जस्तो कस्तो माया बस्यो ।?

खाटा बस्न लागेको घाउ दुखाएर गइन्
तथानाम गाली गर्दै दारा बुकाएर गइन्
राम जाने पछी के भएछ कुन्नी खै ?
मेरै आँगनमा बिस्कुन सुकाएर गइन्।?

About दिब्यदृस्टी समाचार डेस्क

View all posts by दिब्यदृस्टी समाचार डेस्क →