राजेन्द्र जमरकट्टेल
प्रकृति को सुन्दरता हेर्ने आँखा हरु जसले आफ्नै स्वाद ,मनोरमा ,र आयतन सगै उसको दृष्टि लेन्स ले कैद गरेको चित्र लाई आवरण दिएको हुन्छ ।
समदुरी ,समकक्ष,अन्तर वस्तु भित्र नियाल्ने कर्ताहरुले एउटै वस्तु ,आभास लाई पनि फरक फरक देख्नु , स्वाभाविक हो ।
न यो दृष्टिभ्रम हो किनकी सुन्दरता को जाँच गर्ने अधिकार ,कि आँखा हुनुपर्छ कि अनुभव र महसुशको हुनुपर्छ ।
प्रकृति मा विभिन्न अस्तित्व का पंन्छीहरुको समिश्रणले मनुष्य जिवनको उच्च धडकन को रक्त प्रवाहलाई मथ्थर गर्दै मनुष्य जिवनको मनभित्रको सुन्दर गहिराईमा प्रवाह गरिरहेको हुन्छ ।
आन्नदित ,कल्पवृक्ष जस्तो समाजको परिकल्पना देख्छ।
तर तेही समाज हो चिवे चरो जति छिट्टो उडे पनि ,तिक्ष्ण आवाजले कराए पनि छुद्रै लाग्छ ,तरपनि नायक बन्नै खोज्छ ।
त्यही परिवेशको डायाग्रे चरो साँझ पर्न लागेपछि बाँस बस्न हल्लै गर्छ ,आफ्नो हुल लाई एकीकृत गर्छ ,कसैलाई यो धुन बन्छ ,चिरबिर आवाज त कसैलाई पिडा बन्छ त्यही आवाज ।
त्यही कालो कौवा बिहानीको झुल्केघाम सगै कराउदा शुभ संकेत बोकेको शुभबोल संवाहक हुन्छ त कहिले अनिष्टको ,अशुभ खबर को बाहक भई दिन्छ ।
आखिर उसले जिम्मेवारी आफ्नो कर्तब्य पुरा पुर निर्वाह गरिरहेको हुन्छ ,तरपनि मनुष्य जिवन आफ्नो स्वार्थ अनुसारको रुप ,गाली , र सम्मान ले चित्रण गरिदिन्छन ।
फेरी पनि एक बर्षमा एक दिन मनुष्य हरु निस्वार्थ ,कन्चन मनले सम्मान गरि पुजा गर्दै आफ्नो स्वच्छाकारी भावानाको अत्य गर्छन ।
यही हो हामी मानबजिबन को बिशेषता ।
हेर प्रकृति को देन टप्प टिप्न कौसल चिल पनि सधैभरी जिवीत जिब छोप्न असमर्थ रहदो रैछ ,कि भोकै बस्न बाध्य नत्र बेचैन भई बाँसी भोजन स्वाकारोक्ती मा बाध्य हुन्छ ।
चिल ,दर्विला पखेटा र पाखुरा ,चुम्बक जस्ता नड्ग्रा र चन्द्रकोण जस्तो ठुढ भई कसिलो शरीर दुर्त गति जस्तो बहकाव हुँदा पनि अजम्वरी नबन्दो रैछ तेही आकासमा उसलाई बक्रदृष्टिले हेर्ने अर्को चतुर नजरको तेजबोध भएको बाज ले राज गरिरहेको हुदोरैछ । न कुनै एकाधिकार !! न कुनै अजमबरी राज !!
जुन मानब सभ्यता संग साम्पिय रहेको पंक्षी ,शान्तिका प्रतिमुर्ति ,युगलजोडी जो खुला हृदय जस्तो आकाश मुनि विचित्रको गन्तब्य ,हुदा हुदै पनि मानव शैली निकटतामा रम्न चाहने शालिन र भद्र पंक्षी परेवा उदारहणीय छ ।
त्यस्तै यो मानब समाज पनि शालिन र कर्तब्य निष्ट ,आफ्नो क्षेत्रधिकारको सही उपयोग गर्दै ,पारदर्शी ,नैतिकवान कहिले बन्ला ? नकि दैलो थुनि बिरालो कुट्छु र श्राराध्ये गर्छु भन्ने संकीर्ण सोच कहिले त्याग्ने होला ?
बलेको आगोमा भुस थपेर निभाउन खोज्नु अनि निभेन भनेर भाग्नु पनि लाचारपन हो ।झन घर पुरै डढाउने होईन ? खै त आत्मबल
अनि बिबेक ?
नब निर्माण को जग नै सबै पिल्लर हरु अस्तित्व को स्वीकार्यौक्ति भए मात्र सबै आत्मसम्मानको महल निर्माण हुन सक्छ र जिवन को एक पहल मित्रवत बन्न सक्छ ।
म ताक्छु मुढो बन्चरो ताक्छ घुडो , कैहिले काँही जटिलता को खोजी बन्द कोठा भन्दा ,खुला मैदान मा गर्दा अनउत्तरीत जवाफ का बिचमा शंका र उप शंका गर्नु पर्ने अवस्थाको सृर्जना हुने थिएन ।
समाजमा विश्वासको खडेरी पर्दै जाँदा शान्तिका प्रतिक ,मानविय घेरामा रम्ने परेवा लाई पनि ढाँडे बिरालो ले मौका पाए झम्टन सक्छ , घरमै पालेको भनेर के गर्ने ? उसको विवेक को कुरा ?भाषा नबुझे पनि भावाना बुझ्थ्यो ,कुरा नबुझे इसरा बुझ्थ्यो । आखिर दैबको लिला ,बिश्वास र भरोषा नै नरहेपछि ,बॅाच्न का लागी एउटै छतमुनी भएपनि परेवा ले आफुलाई जोगाईराख्नु पर्ने बिरालो बाट ।
बिबिध यथार्ता लाई अन्तरयामी भावाना ले एकाग्रा भएर एक अर्का का भावाना ,विश्वास र आवश्यकता लाई बुझाउन सके हामी समाज का पाटा हरु लाई कति सुन्दर बनाउन सक्थ्यौ ।
यो समाजमा बिभिन्न ताल ,लय र भाका मा आफ्नै आफ्नै ,धुन र संगित मा बन्द कोठा भित्र नाच्दै ,आफ्नो नतृकि को बर्चस्व जमाउने र भक्तिगान ,भेटीदान हरुको कुकर्म को उपज ले समाज लोकतान्त्रिक पद्धति बाट नभई ठेकेदारी प्रथा ,हुलबल ,जमातहरुको बाहुवली बाट एकाधिकार कायम गर्न अग्रसर हुदै छ ।
जिम्मेवार बन्न आन्तरिक सफाई जरुरी छ,मन र मष्तिक को सुद्धिकरण सगै म बाद त्यागी हामी भन्ने भाब को बिकास हुन जरुरी छ ।हाम्रो संकुचित सोचाई बाट अघि बढी आकाश जस्तै हृदय बनाउन जरुरी छ ।
मानब सागर भित्र जिम्मेवारी खोज्न लाई आफु लाई उतार्नु न्यायसंगत मानिन्छ तर पनी सफल बन्न लाई जिम्मेवारी को बोधपनि गर्न सक्नु पर्छ ।
बिचारमा बिबेक हिनता , कटु आलोचनाको नाममा अनुसासन को दायरा आफैले तय गर्न सकेनौ भने पनि कालान्तर मा आफै सग आफै पछुताउनु नै त्यसको निरबिकल्प निचोड़ हो ।
हामी जडसुत्र बादी भएर विरोध को नाम सबै सीमा तोडेर कता को गन्तब्य रोजिरहेछौ,भाईचारा को सम्बन्ध लाई छताछुल्ल बनाई रहेका छौ ।
समाज को नेतृत्व वा हामी मानब जिवन को दर्सन वा मानविय बिचारका अनुयाही बनेर बैचारिक ,समाजिक
दर्सन को बिचार समुह को
नेतृत्व गर्दा होस ।
यसको समयकाल निश्चित काल खण्ड को होला ।तर मानवता भित्रको नेपाली पन ,भाईचारा , सामाजिक परिचय जिवन्त हुन्छ ।
नेतृत्व गर्ने को होस वा नेतृत्व लाई सजक गराउने को होस ,आजकल हामी मा गलत परम्परा बिकास भएको छ ,विरोध को नाम सार्वजनिक मिडिया को गलत दुरुपयोग त भएको छैन? यो पनि बिचारयोग्य प्रश्न बनेको छ।
यसै बिचमा यि गतिहीन अबरोध र गन्तब्य को निचोड़ मा रुमालिएको समय को बिच को तालमेल सगै जिवन दर्सन लाई आशावादी राख्दै कर्म गरिरहौ ।
अर्नगल दुष्प्रचार छोड़ी संयम बनौ ,आगामी अबस्था सड्कल्प सहित निचोड खोज्नु उत्तम विकल्प हो ।सम धर्म ,समकर्म गर्ने हरु बिच बिभेद को घमन्ड बोकेर हिडदै गर्दा तेही भारीको बोझले हाम्रै समय ,जिवन को उत्कर्ष समय को गति शिथिल बनाईरहेको छ।
हामी सबै जिन्दगी को कुनै कुनै उमेर ,समय काल मा आफु लाई क्रान्तिकारी सम्झन्छौ र सम्झिनु पर्छ पनी यसले जिवनमा भरि आफै भित्र उर्जा थपिरहेको हुन्छ ।
तेति मात्र हो तपाई हामी सकारात्मक उर्जा बोकी आकास को पंक्षि झै लम्किरहनु पर्छ ।ताकी नकारात्मकता तिर अघि बढी निरासता मनोदसा बोकी सानो घेरा मा आफै लाई बन्दी बनाई ,हिनताको मार्ग रोजी रहेका छैनौ ?
आउ सबै को थलो एउटै हो ,हामी उडने आकास र हामी तेही हावा मा सहेर गर्ने समान सचेतना हौ, बहसको मन्च निर्माण गरौ ।एउटा दायरा भित्र खेल को नियम बनाई तपाई हाम्रो समिक्षा तपाई हामी नै गरौ , जागरुकता भित्र अनेकता मा एकता खोजौ ,भाईचारा भित्र संगठन रोजौ ,संगठन को नबनिर्माण मा सबैको अपन्त्व रोजौ ,
दोषारोपण जति सजिलो छ ,निरुपण गहन छ, ।हरेक हुल वा बथानको पनि नेतृत्व हुन्छ ,उसको बिवेक र खोसियारी ले सबैलाई भरोषा र निदृष्ट गर्छ ,गनतब्य पुराउछ ।
समय ले सधै आफ्नो निरन्तर यात्रा गरिहेको हुन्छ ,समय लाई रोक्छु र उल्टो घुमाउछु भन्नु किमार्थ सम्भब हुदैन ,समय सगै हाम्रो परिचक्र लाई पनि घुमायौ भने गन्तब्य गर्भ गर्न लायक हुन्छ नत्र भिर बाट खस्न लागेको गोरु लाई राम राम भन्न सकिएला कॅाध थाप्ने कोही भेटिदैन ।